कमेडी चलचित्रको लहरमा अब तोरी लाहुरे


(सेलिब्रेटी नेपाल) १३ फागुन-फागुन २३ गतेबाट प्रदर्शनमा आउन लागेको चलचित्र तोरी लाहुरेले आफ्नो प्रचार प्रसार लाई तिब्र परेको छ कमेडी तथा सामाजिक कथा बस्तुमा बनेको चलचित्र तोरी लाहुरेले आज एक औपचारिक कार्यक्रमको आयोजना अडियो तथा भिडियो सार्बजनिक गरेको छ।
tori-lahure-cassette
चलचित्रमा गजित बिस्ट,रोहित रुम्बा,अशिश्मा नकर्मी,सुबाश थापा,समूना केसी,दिनेश डी.सी.लगाएतका कलाकारहरुको अभिनय रहेको छ। एन.बि.महर्जनले निर्देशन गरेको चलचित्रका निर्माता दिल कुमार तामांग र रोसफी तामांग हुन्। चलचित्रले दर्शक लाई भरपुर मनोरंजन प्रदान गर्ने निर्माण पक्षले दाबी गरेको छ।
Tori-lahure-team
कार्यक्रममा चलचित्रका केहि दृस्यहरु पनि देखिएको थियो उक्त द्रिस्य हरु हेर्दा चलचित्र राम्रो बनेको छ र चलचित्रले दर्शकको मन जित्ने छ भन्न सकिन्छ तर चलचित्रले कस्तो व्यापार गर्ला त्यो त भोलिको दिनमा नै थाहा हुने छ।