कमेडीले भरिपूर्ण ‘कुम्भ करण’ ट्रेलर सार्बजनिक (भिडियो)


सेलिब्रेटी नेपाल

काठमाडौँ: चलचित्र ‘कुम्भ करण’को ट्रेलर सार्वजनिक गरिएको छ । राजधानीमा एक कार्यक्रमका बिच चलचित्रको ट्रेलर सार्वजनिक गरिएको हो । चलचित्रको ट्रेलरमा डार्क कमेडीलाई फोकस गरिएको छ । सार्बजनिक ट्रेलरमा मुख्य कलाकार गौरव पहाडी, भोलाराज सापकोटा, अभय बराल, निशा अधिकारी लगायतका कलाकारलाई स्थान दिइएको छ ।

दीपक वलीको निर्देशनमा तयार भएको चलचित्रका प्रस्तुतकर्ता आकाश पल हुन् । आकाश पल इन्टरटेनमेन्टको व्यानरमा निमार्ण भएको सिनेमाको कथा दिपक ओलीको हो, भने पटकथा तथा संवाद महेश दवाडीले तयार पारेका हुन् । चलचित्र मा प्रमोद अग्रहरी, आकाश पल, कुलदिप अधिकारी, कमल गाउले, प्रतिभा छेत्री लगायतका कलाकारको पनि मुख्य भूमिका रहेको छ ।

चित्र बहादुर घर्ति मगर र क्षितिज बस्नेतको निर्माण रहेको चलचित्रमा सह निर्माताको रुपमा गिर प्रसाद घर्ति मगर र विजय श्रेठ रहेको छन् । चलचित्रको कार्यकारी निर्माता रोम ओली र चुपनिधि रिजाल (अरुण) हुन् । रिच इन्टरटेनमेन्टका करण श्रेष्ठले वितरण गर्ने चलचित्रमा गोबिन्द मधुर आचार्यको संगीत, सुनिल बसेलको कोरियोग्राफी, हरि घले लामाको छायाँकन, मिलन श्रेष्ठको सम्पादन रहेको छ । चलचित्र आगामी जेष्ठ १७ गतेबाट प्रदर्शनमा आउनेछ ।