कलेज कलेजमा होस्टेल रिटन्स


(सेलिब्रेटि नेपाल) काठमाडौँ
दुर्गिस फिल्म्सको ब्यानरमा सुनिल रावल निर्मित चलचित्र ‘होस्टेल रिटन्स’ का कलाकारले कलंकीस्थित हिमालयन एग्रीकल्चर एण्ड टेक्निकल कलेजमा प्रोमो मञ्चन गरेका छन् । कलेजले आइतबार कलाकार तथा ‘होस्टेल रिटन्स’ युनिटलाई सम्मान समेत गर्यो । नेपालमा चलचित्र बनाएर मात्रै हुन्न चलाउनको लागि विभिन्न फण्डा अपनाउनु पर्छ भनेर लागि पर्ने र आफ्नो चलचित्रको प्रचारमा बिशेष योजनाका साथ लागि पर्ने निर्माता हुन् सुनिल रावल उनले भने, ‘देशका विभिन्न कलेजमा ‘होस्टेल रिटन्स’ को प्रोमो मञ्चन गर्ने योजना छ ।
Hostel-returns-poster
कलाकार समेत रहेका निर्माता रावलका अनुसार देशका करिब १२ सय वटा कलेजमा ‘होस्टेल रिटन्स’ को प्रोमो मञ्चन गरी प्रचार प्रसार गरिनेछ ।
सुरज भुषाल निर्देशित चलचित्र ‘होस्टेल रिटन्स’ इञ्जिनियरीङ अध्ययन गर्न होस्टेल बस्ने विद्यार्थीको कथामा आधारित छ । चलचित्रमा सुशील श्रेष्ठ, शशी श्रेष्ठ, नाजिर हुसेन, सुधाम सिके, अभय बराल, स्वस्तिमा खड्काको मुख्य भूमिका रहेको छ । बैशाख २५ गते प्रदर्शन हुने ‘होस्टेल रिटन्स’ युवा पुस्तामाझ पर्खाइको चलचित्र बनेको छ ।