सुरु भयो क्लासिक


सेलिब्रेटी नेपाल काठमाडौँ
चलचित्र ‘क्लासिक’को छायांकन सुरु भएको छ । गत बैशाख १५ गतेबाट छायांकनको तयारी गर्दागर्दै महाभूकम्पको मारमा परेको चलचित्र अन्तत: छायांकनमा गएको हो । राजधानीको चोभार स्थित गणेशमन्दिरमा चलचित्र युनिटले पूजाआजा गर्दै चलचित्रको शुभमुर्हत गरि छायांकन आरम्भ गरिएको छ । पहिलो दिन भगवान गणेश सत्संगसहित चलचित्रमा आर्यन सिग्देलको बाल्यकालको भूमिकामा अभिनय गर्दै गरेका नव बालकलाकार सुमित मानन्धर र नम्रता श्रेष्ठको बाल्यकालको भूमिकामा अभिनय गर्दै गरेकी बालकलाकार सेमिना कोईरालाको सट खिचिएको छ ।
Classic-nepali-film
‘मेरो एउटा साथी छ’ मार्फत दर्शकको मनमनमा बस्न सफल आर्यन सिग्देल र नम्रता श्रेष्ठको जोडी ‘नोभेम्बर रेन’ पश्च्यात सबैभन्दा उत्कृष्ट सिने जोडीको रुपमा स्थापित छन् गत बैशाख १५ गतेबाट छायांकनको तयारी गर्दागर्दै महाभूकम्पको मारमा परेको चलचित्र अन्तत: शनिबारबाट छायांकनमा गएको हो । ‘आइ एम सरी’ र ‘नोभेम्बर रेन’ जस्ता ब्यबसायिक सफल चलचित्र दर्शकलाई पस्किसकेका निर्देशक दिनेश राउतको निर्देशनमा निर्माण हुदै गरेको म्युजिकल लवस्टोरी बेश चलचित्रमा ‘नोभेम्बर रेन’ जोडी पुन: दोहोरिदै छ ।

ब्यबसायी सुवास गिरीको लगानीमा कमल गिरीको निर्माण सहयोग रहने चलचित्रमा आर्यन सिग्देल(समय) र नम्रता श्रेष्ठ(दृष्टी)को भूमिकामा रहेका छन् । चलचित्रमा समुना केसी, रोमी घिमिरे, प्रज्वल गिरी, सुशिल काफ्ले, सुनिल रावल, शिशिर राना, सकुन्तला थापा, नमित चन्द, बिश्व बस्नेत लगायतका कलाकारको मुख्य अभिनय रहने छ गत बैशाख १५ गतेबाट छायांकनको तयारी गर्दागर्दै महाभूकम्पको मारमा परेको चलचित्र अन्तत: शनिबारबाट छायांकनमा गएको हो । यसअघि ‘नोभेम्बर रेन’मा उत्कृष्ट संगीत भरेका ताराप्रकाश लिम्बुकै संगीत रहेको छ । पब्लिसिटी डिजाइनर शान थापाको सह-निर्देशनमा, एसोसियट निर्देशक विकास सुवेदी र मुख्य-सहायक निर्देशक दिनेश रावत रहने चलचित्रमा हिमाल केसीको द्वन्द, रेनाशा राईको नृत्य निर्देशन, सुरेन्द्र पौडेलको सम्पादन, छेतन गुरुङको लेखन तथा राजेश श्रेष्ठको छायांकन रहनेछ ।