क्लासिक निर्माण घोषणा संगै प्रदर्शन मिति पनि सार्बजनिक


सेलिब्रेटी नेपाल काठमाडौँ
रघुनाथ सापकोटा

२०७१ सालमा प्रदर्शनमा आएका करिब ८६ वटा चलचित्र मध्ये १ दर्जन चलचित्रले पनि उत्कृस्ट व्यापार गर्न सकेनन् हिटमध्येको एक चलचित्र ‘नोभेम्बर रेन’ निर्माण युनिटले दोस्रो चलचित्र ‘क्लासिक’ निर्माणको घोषणा गरेको छ । अभिनेता आर्यन सिग्देलको व्यानर आर्यन सिग्देल इन्टरटेनमेन्ट र निर्माता सुवास गिरीको व्यानर सुवास इन्टरटेनेमन्टले संयुक्त रुपमा चलचित्र बनाउन लागेको हो । चलचित्रका निर्देशकमा ‘नोभेम्बर रेन’ कै दिनेश राउत दोहोरिएका छन्।
Aryan-sigdel_Namrata-shresthaनयाँवर्षको पूर्वसन्ध्यामा राजधानीमा आयोजित कार्यक्रममा चलचित्रको घोषणा गर्दै आर्यन र नम्रता श्रेष्ठको प्रेमकथा चलचित्रमा हुने जानकारी दिइयो । निर्देशक राउतका अनुसार दृष्टिविहिन दुई युवायुवती समय(आर्यन) र दृष्टि(नम्रता)को प्रेमकथा फिल्ममा हुनेछ । यसको छायांकन वैशाख १५ बाट हुनेछ भने लोकेसन काठमाडौं र पोखरा तय भएको छ। चलचित्रको प्रदर्शन माघ २९ गते गर्ने निर्माणपक्षले घोषणा पनि गरेको छ । चलचित्रमा समुना केसी, प्रज्वल गिरी, सुशिल काफ्ले, सुनिल रावल, पल शाह, शिशिर राना मुख्य भूमिका छन् । चलचित्रमा संगीत ताराप्रकाश लिम्बुको संगीत रहेनछ ।
Nepali-film-classicचलचित्रमा हिमाल केसीको द्वन्द, नितिन चन्दको नृत्य निर्देशन, सह-निर्देशक शान थापा, एसोसियट निर्देशक विकास सुवेदी, मुख्य-सहायक निर्देशक दिनेश रावत छन् । सुरेन्द्र पौडेलको सम्पादन रहने चलचित्रमा छेतन गुरुङको लेखन, राजेश श्रेष्ठको छायांकन रहनेछ । कार्यक्रममा निर्माता सुवास गिरीले सुवास इन्टरटेन्मेन्टसँग सहकार्य गर्दै ‘नोभेम्बर रेन’का तर्फबाट सिन्धुलीको बहुमुखी क्याम्पसलाई नगद १ लाख हस्तान्तरण गरेका थिए ।