‘चौका दाउ’ को ‘मेरो माया कतारमा’ लाइ दर्शकको साथ (भिडियो)


सेलिब्रेटी नेपाल काठमाडौँ

चलचित्र ‘चौका दाउ’ को दोस्रो गीतलाइ दर्शक श्रोताले मन पराएका छन् सार्वजनिक भएको दुइ दिनमा नै भिडियोले ६ लाख भन्दा बढी भिउ पाउन सफल भएको छ । बरिस्ट संगीतकार शम्भुजित बास्कोटाले केहि बर्षको ग्याप पछि गरेको संगीतले उनको पहिलेको जस्तै सफलता पाएका छन् शम्भुजित बास्कोटाको संगीत तथा स्वरमा सयौं गीतहरु लोकप्रिय छन् ।

‘मेरो माया कतारमा’ बोलको सार्बजनिक आइटम नम्बरमा श्री पुरुष ढकालको शब्द तथा संगीतकार शम्भुजित बास्कोटाको संगीत र स्वर रहेको छ भने फिमेल स्वर सुमन गुरुङको रहेको छ सार्बजनिक गीतको भिडियो चलचित्रका सम्पूर्ण मुख्य कलाकार हरुलाई फिचर्ड गरिएको छ ।

सौर्यजित प्रोडक्सनको ब्यानरमा निर्माण भएको चलचित्र ‘चौका दाउ’मा वर्षा राउत, विल्सन विक्रम राई, तैयव शाह, रविन्द्र झा, सन्तोष पन्त,निर्मल शर्मा,अजश्र ढुंगाना र सोनीका केसीको मुख्य अभिनय रहेको छ । चलचित्र ‘चौका दाउ’ को कथा पनि संगीतकार बास्कोटाले नै तयार पारेका हुन् ।

पुणेन्दु झाको निर्देशनमा तयार भएको चलचित्रलाई सौर्यजित बास्कोटा र मनोजराज भण्डारीले मिलेर निर्माण गरेका हुन् । चलचित्रमा दीर्घ गुरुङको छायांकन, मित्र डी गुरुङको सम्पादन रहेको छ । चलचित्र आगामी पुष २७ गते बाट सार्बजनिक प्रदर्शनमा आउने छ ।