बर्ष ०६९ का चर्चित र महँगा चलचित्र


(सेलिब्रेटी नेपाल) ३० चैत्र -चलचित्र बन्छन्, सार्वजनिक हुन्छन् र फ्लप हुन्छन्। वर्ष ०६९ भरि  चलचित्रहरू आइरहे। चलचित्रको चमक-दमकले तानिएका नव निर्माताहरूले लाखौं रुपैयाँ डुबाए। पुराना स्थापितमा केही सदाका लागि पलायन भएभने केहीलाई कलिउडको नसाले तानिरह्यो। चलचित्र बनिरह्यो र हरेक साता  चारवटासम्म नेपाली चलचित्र सार्वजनिक भैरहे। वर्ष ०६९मा बजार अनुरुप तोकिएको नेपाली चलचित्रको अनुमानित लगानीभन्दा बढी खर्च गरेर नाफा कमाउन नसकेका केही चलचित्रमा ‘मायाज बार’, ‘फेसबुक’, ‘भिसा गर्ल’, ‘धूवाँ यो नशा’, ‘आइएम इन लभ’, ‘भेटी’, ‘थ्री लभर्स’, ‘कलिउड’, ‘रंग’, ‘छड्के’, ‘नाइन ओ क्लक’ ‘भिजिलान्ते’ आदि छन्। चलचित्र फ्लप हुँदा पनि ‘मेरो गोरुको बाह्रै टक्का’को रट लगाएर आफू डुबेको बताउन हिचकिचाउने निर्माताहरू पनि पाइए। चलचित्र विकास बोर्डले बक्स अफिसको अवधारणालाई यो वर्ष पनि कार्यान्वयन गर्न नसक्दा चलचित्रको लगानी एवं व्यवसाय पारदर्शी हुन सकेन। तैपनि प्रदर्शनपूर्वको चर्चा र लगानीका दृष्टिकोणबाट कलेक्सन गर्लान् भनेर आषा गरिएका यी चलचित्रले सिधै निराश पारे – ‘हाइ वे’, ‘फेसबुक’, ‘बडीगार्ड’, ‘भिसा गर्ल’, ‘के म तिम्रो साथी बन्न सक्छु’, ‘सो सिम्पल’, ‘धुवाँ यो नशा’, ‘थ्री लभर्स’, ‘धन्दा’, ‘सुनगाभा’, ‘कलिउड’, ‘पद्मिनी’, ‘रंग’, ‘समय’, ‘नाइन ओ क्लक’, ‘भिजिलान्ते’ आदि।