चपली हाइट निर्माता अब फिटकिरी घोल्दै


(सेलिब्रेटी नेपाल) ६ माघ-आइतबार राजधानीमा एक कार्यक्रमको आयोजना गरी काठमान्डौ शहर को भिन्न चरित्रहरूले भोग्ने जीवन का बिभिन्न रंगहरुको समिश्रण रहेको चलचित्र ‘फिटकिरी’ को फस्ट लुक अर्थात् प्रोमो ,पोष्टर र गित सार्बजनिक गरिएको छ । चपली हाइट निर्माता अर्जुन कुमारले सुमित मैनाली संग मिलेर निर्माण गरेको ‘फिटकिरी’ को पोष्टर , प्रोमो र २ वटा गित कार्यक्रममा उपस्थित संचारकर्मी तथा चलचित्रकर्मी लाई देखाइयो।थुप्रै फिल्ममा अभिनय र नाटकको निर्देशक पश्चात पहिलो पटक फिल्म निर्देशन गरेका अनुपले आफूले ‘फिटकिरी’ ओस्कार जित्न नबनाएको बताए। काठमाण्डौ शहरका केही भिन्न आर्थिक सामाजिक पृष्टभुमीका चरित्रहरूले भोग्ने जीवनका अनेक रंग फिल्ममा दर्शाउने प्रयास गरेको भन्दै अनुपले थपे- ‘मैले यो फिल्म न ओस्कार जित्न बनाएको हुँ न कान्समा जान।
fitkiree-poster
आगामी चैत ७ गतेबाट देश भर एक साथ सार्बजानिक प्रदर्शन हुने यस चलचित्रलाई निर्देशक अनुप बरालले निर्देशन गरेका हुन । सौगात मल्ल , निश्चल बस्नेत , दिया मास्के ,शान्ती गिरी , लक्ष्मी गिरी ,सुजाता कोईराला लगाएतका कलाकारहरुको अभिनय रहेको यस चलचित्रलाई पुरुषोत्तम प्रधानले खिचेका हुन भने अर्जुन कुमार र गिरिसको रचना सङ्गीत रहेको। चलचित्रमा सुर्य थोक्करको द्वन्द रहेको छ।