‘छक्का पन्जा ३’ ले बाँड्यो सफलता खुसि


सेलिब्रेटी नेपाल

काठमाडौँ : चलचित्र ‘छक्का पन्जा ३’ ले आफ्नो प्रदर्शनको ५१ औं दिन पुर्याएको अबसरमा राजधानी काठमाडौँमा एक भब्य कार्यक्रमको आयोजना गर्दै सहयोगीहरुलाई धन्यवाद ज्ञापन गरेको छ । चलचित्र ‘छक्का पञ्जा’ को सिक्वेल ‘छक्का पञ्जा ३’ ले मोफसल र राजधानीका करिब १३ वटा सिनेमा घरमा ५१ दिन पुरा गरेको छ । रेड कार्पेट सहितको भव्य कार्यक्रममा चलचित्र क्षेत्रका धेरै चलचित्रकर्मी र पत्रकारको उपस्थिती रहेको थियो ।

कार्यक्रममा चलचित्रका कलाकार, प्राविधिक र पत्रकारलाई मायाको चिनो र सम्मान पत्र वितरण गरिएको थियो । सो अवसरमा बोल्दै चलचित्रका लेखक, निर्माता तथा कलाकार दिपकराज गिरीले ‘छक्का पन्जा ३’को सफलता सम्पूर्ण चलचित्रकर्मीकै सफलता भएको बताए ।

चलचित्रमा दीपकराज गिरी, दीपिका प्रसाई, केदार घिमिरे, जितु नेपाल, किरण केसी, निर शाह, लक्ष्मी गिरी, जयनन्द लामा, प्रियंका कार्की, संजोग कोइराला लगायतका कलाकारको अभिनय रहेको छ । आमा सरस्वती मुभिजको व्यानरमा निर्माण गरेको र दिपाश्री निरौलाले निर्देशन गरेको चलचित्र ‘छक्का पञ्जा’ले एक सय दिन र यसको दोश्रो श्रृंखलाले प्रदर्शनको ५१ दिन पुरा गरेको थियो ।