धमिलिएको छवि सुर्धान इन्सपेक्टर


sabina-karki atm girl
(सेलिब्रेटी नेपाल) जेठ १६-अश्लील र अति नै छाडा भनियको चलचित्र ‘एटिएम’ की नायिका इन्सपेक्टर अर्थात प्रहरी निरीक्षक बनेकी छिन्। सेक्सी नायिकाको छवि बनाएकी सविना इन्सपेक्टर बनेको सुन्दा धेरैलाई अचम्म लाग्न सक्छ तर अचम्म मान्नु पर्ने कुनै कारण छैन किनभने उनी रियल लाइफमात्र नभई, रिल लाइफमा इन्सपेक्टर बनेकी हुन। राजबहादुरले निर्देशन गरेको एक्सनप्रधान चलचित्र ‘पंगा’मा उनले समाजमा नारीमाथि हुने अन्याय र अत्याचारका विरुद्ध लड्ने इन्सपेक्टरको भूमिका निर्वाह गरेकी छिन्।
इन्सपेक्टरको भूमिका निकै इन्जोए गरिरहेको सविनाले बताएकी छिन्। आफ्नो विगतमा धमिलिएको छवि सुर्धान यस चलचित्रले निकै सहयोग पुराउने उनको विश्वास छ। यही फिल्मका लागी उनले करिब तीन महिना फाइट क्लास लिएकी थिइन्। बाबु गुप्ताले निर्माण गरेको यस चलचित्रमा सविनाका अलवा टार्जनकुमार, टंक सावद, तेजराज चौधरीलगाएतका कलाकारको पनि अभिनय रहेको छ। चलचित्रमा प्रदीप खड्काको द्धन्द्ध, तथा केशव अधिकारीको छायांकन रहेको यस चलचित्रका गितहरुमा राजेन्द्र श्रेष्ठको संगीत सुन्न सकिन्छ।