बुलबुल’ को पहिलो गीत सार्वजनिक, स्वस्तिमा नाचिन दर्शक संगै (भिडियो)


सेलिब्रेटी नेपाल काठमाडौँ

चलचित्र ‘बुलबुल’ को पहिलो गीत सार्वजनिक गरिएको छ । बिहिबार निर्माण टिमले काठमाडौको काठमाडौं मल ,पोखराको चिप्लेढुंगा चोक, बुटवलको ट्राफिक चोक, नारायणघाटको नारायणी किनार र बिर्तामोडको हनुमान कम्प्लेक्सबाट एकै साथ गीत सार्वजनिक गरेको हो । काठमाडौं मलमा दर्शकसँगै स्वस्तिमा र मुकुनले पनि नाचे । सार्वजनिक खुद्राखाद्री माया… बोलको गीतमा चलचित्रका मुख्य कलाकारद्धय स्वस्तिमा खड्का र मुकुन भुषाललाई फिचर्ड गरिएको छ ।

कोशिस क्षेत्रीको शब्द तथा संगीत रहेको गीतमा निश्चल बस्नेत र रजिना रिमालको स्वर रहेको छ । भने उक्त गीतमा कविराज गहतराजको कोरियोग्राफी रहेको छ । विनोद पौडेलको निर्देशन रहेको चलचित्रलाई अविरल थापाले निर्माण गरेका हुन् । चलचित्रमा स्वस्तिमा खड्का र मुकुन भुषालका अलवा बुद्धि तामाङ ,दिपक क्षेत्री ,लक्ष्मी बर्देवा, जोयश पाण्डे, उज्वल अधिकारी ,सृष्टि भट्टराई लगायतका कलाकारको अभिनय रहेको छ । चलचित्र फागुन ३ गते बाट सार्बजनिक प्रदर्शनमा आउने छ ।