बोक्सीको आरोपमा मारियकी नारीको कथा रक्तभोग


(सेलिब्रेटी नेपाल) काठमाडौँ
महिला हिंसाको बिरुद्धमा निर्माण गरिएको चलचित्र रक्तभोगको पोष्टर र प्रोमो सार्वजनिक गरिएको छ । चितवनको माडीमा २ बर्ष अगाडि २०६८ फागुन ५ गते बोक्सीको आरोपमा मारिएकी ढेगनी देवीको घटनालाई लिएर निमार्ण गरिएको चलचित्रको प्रोमो र पोष्टर राष्ट्रिय मानव अधिकार आयोगकी सदस्य मोहना अन्सारीले सार्वजनिक गरिन ।
Raktabhog-poster
कार्यक्रममा चलचित्रका निर्देशक विवि फुयाँलले यो चलचित्र निमार्णका क्रममा भोगेका अनुभव सुनाए । उनले ढेगनीदेवीलाई निकै विभत्स तरिकाले हत्या गरिएको र उस्तै दृष्य चलचित्रमा उतारेको बताए । चलचित्रमा ढेगनीदेवीको भुमिकामा रहेकी नायिका सारिका घिमिरेले यो चलचित्र आफ्नो जीवनकै महत्वपुर्ण चलचित्र रहेको बताईन ।

केआर फिल्मस एण्ड ईन्टरटेन्मेन्टको ब्यानरमा चलचित्रको सम्पुर्ण सुटिङ्गको काम सकिएको र पोस्टपोक्डक्सनको काम अन्तिम चरणमा रहेकोले छिट्टै प्रर्दशनमा आउने निमार्ता कृष्णराज तिवारीले बताए । ४० लाख लगानीमा बनेको चलचित्रमा सारिका घिमिरे,कृष्णराज तिवारी,ज्योती सापकोटा,रवि खनाल तथा अन्य कलाकारहरुमा रचना पौडेल, पोदराज पौडेल, सैलेस पौडेल वालकलाकार भुवन नेपाली लगायतको अभिनय रहेको छ ।