बितेका पललाई पुर्वका दर्शकको राम्रो साथ


(सेलिब्रेटी नेपाल) ३ माघ-राजेश घतानीले निर्माण गरेको चलचित्र बितेका पलले पुर्वका चलचित्र भवनमा अपेक्षा भन्दा बढि दर्शकको साथ पाएको छ । सुरज सुब्बाले निर्देशन गरेको यस चलचित्रले काठमाडौ उपत्यका भन्दा पनि पुर्वमा राम्रो दर्शक पाएको निर्माण पक्षको दाबी छ।
biteka-pal
झापाको दमक, लखनपुर,तोपगाछी, गौरादहका साथै मोरङको उर्लाबारी, राजघाट, इटहरा, सिजुवा, मधुमल्ला लगायतका क्षेत्रका स्थानीय बासिन्दा दमक चित्र मन्दिर पुगेका थिए। दमक चित्र मन्दिरका साथै बिर्तामोडस्थित अनापूर्ण टाकिज र धरानको गणेश टाकिजबाट पनि उस्तै दर्शकको माया चलचित्रले पाएको युनिटले जनाएको छ।