बिर्खे बनेका सुबाश ठगी पेशामा (भिडियो)


(सेलिब्रेटी नेपाल) काठमाडौँ
भदौ २० गतेबाट रिलिज हुन लागेको चलचित्र ‘बिर्खेलाई चिन्छस् ?’को दोस्रो अफिसियल ट्रेलर सार्वजनिक भएको छ। सुवास थापा प्रस्तुकतर्ता र अभिनेता रहेको चलचित्रमा उनलाई गाउँलेदेखि ठगाहासम्मको रुपमा देख्न पाइनेछ।
Subash-thapa-birkheअराज केशव गिरीले निर्देशन गरेको फिल्ममा आयुशा राई र विनिता खडकाले प्रमुख भूमिकामा अभिनय गरेका छन् । जगदीश्वर थापाको कथा र पटकथा रहेको फिल्ममा मोहित मुनालको संगीत, बासुदेव मुनाल, जगदिश्वर थापा र अराजको गीत तथा निरज कँडेल र रामशरण उप्रेतीको छायांकन रहेको छ।