बिपिन र नम्रताको बच्चा नजन्मदाको पिडा, ‘प्रसाद’ ट्रेलर सार्बजनिक


सेलिब्रेटी नेपाल काठमाडौँ

बिपिन कार्की र नम्रता श्रेष्ठ स्टारर चलचित्र ‘प्रसाद’को ट्रेलर सार्बजनिक गरिएको छ। सार्बजनिक ट्रेलरमा चलचित्रका प्रमुख तिन पात्र नम्रता श्रेष्ठ,बिपिन कार्की र निश्चल बस्नेतलाइ स्थान दिइएको छ । चलचित्रमा नम्रता र विपिन श्रीमान् श्रीमतीको भुमिकामा देखिएका छन्। यस अघि चलचित्रमा समाबेश दुइ वटा गीत सार्बजनिक भई सकेका छन् र सार्बजनिक गीत लाइ दर्शक श्रोताले रुचाएका छन् ।

दिनेश राउतले निर्देशन गरको चलचित्रमा नि:सन्तान दम्पतीको पिडा र उनीहरु बिचको विवादलाई प्रस्तुत गरिएको छ । पत्रकार सुशिल पौडेलले लेखेको चलचित्रमा निःसन्तानका कारण पति र पत्निबीचमा आउने असमझदारी, अविश्वास तथा आफैंमा उत्पन्न एक मानसिक द्वन्द्वसँगै सामाजिक मुल्य-मान्यता विरुद्धको कथा चलचित्रमा देखाइने छ।

चलचित्रमा विकास सुवेदी एसोसिएट निर्देशकको रूपमा रहेका छन्। सुवाष थापा इन्टरटेनमेन्टको ब्यानरमा निर्माण भएको चलचित्रमा कोसिस क्षेत्री र सुवास भुषालको संगीत रहेको छ भने चलचित्र लाइ राजेश श्रेष्ठले छायांकन गरेका हुन् । चलचित्र मङ्सिर २१ गते बाट सार्बजनिक प्रदर्शनमा आउने छ ।