बिपिन र नम्रता को ‘प्रसाद’ प्रिमियर शो हेर्नेहरुबाट उत्कृस्ट प्रतिक्रिया


सेलिब्रेटी नेपाल

काठमाडौँ : बिपिन कार्की र नम्रता श्रेष्ठ स्टारर चलचित्र ‘प्रसाद’को प्रिमियर शो सम्पन्न भएको छ । बुधबार सांझ राजधानी काठमाडौँमा रहेको बिग सिनेमामा चलचित्रको प्रिमियर शो गरिएको हो चलचित्र हेर्न चलचित्र पत्रकार तथा चलचित्रकर्मिको बाक्लो उपस्थिति रहेको थियो । निःसन्तानका कारण पति र पत्निबीचमा आउने असमझदारी, अविश्वास तथा आफैंमा उत्पन्न एक मानसिक द्वन्द्वसँगै सामाजिक मुल्य-मान्यता विरुद्धको कथा उठान गरिएको चलचित्रलाइ हेर्ने जति सबैले राम्रो प्रतिक्रिया दिएका छन् ।

शुक्रबार बाट सार्बजनिक प्रदर्शनमा आउने चलचित्र ‘प्रसाद’लाइ पत्रकार सुशिल पौडेलले लेखेको हुन् भने दिनेश राउतले निर्देशन गरेका छन् चलचित्रमा बिपिन कार्की,नम्रता श्रेष्ठ र निश्चल बस्नेत,बसुन्धरा भुसाल,लोकनाथ सापकोटाको मुख्य भूमिका रहेको छ । चलचित्रमा नम्रता र विपिन श्रीमान् श्रीमतीको भुमिकामा देखिएका छन्। चलचित्रमा समाबेश गीतलाइ दर्शक श्रोताले रुचाएइ सकेका छन् । चलचित्र को अग्रिम टिकट बुकिङ्ग पनि सुरु भएको छ। चलचित्रले उठान गरेको कथा नम्रता श्रेष्ठ र विपिनको अभिनय र गीत संगीतले गर्दा चलचित्र हेर्नेलाइ कतै बोरिङ्ग हुन दिदैन ।

अभिनेता बिपिन कार्की स्वास्थ्य अबस्थाको कारण प्रिमियरमा उपस्थित हुन सकेनन् प्रिमियरमा अभिनेत्री नम्रता श्रेष्ठ सबैको आकर्षण बनेकी थिइन्। उनको ड्रेसको कारण पनि उनि सबैको नजरमा परेकी थिइन् । चलचित्र ‘प्रसाद’ मा विकास सुवेदी एसोसिएट निर्देशकको रूपमा रहेका छन्। सुवाष थापा इन्टरटेनमेन्टको ब्यानरमा सुबास थापाले निर्माण गरेको चलचित्रमा कोसिस क्षेत्री र सुवास भुषालको संगीत रहेको छ भने चलचित्रलाइ राजेश श्रेष्ठले छायांकन गरेका हुन् ।