बिपिन र बर्षाको ‘गोपी’ प्रदर्शन मिति हेरफेर


सेलिब्रेटी नेपाल

काठमाडौँ: दीपेन्द्र लामाको निर्देशनमा बनेको चलचित्र ‘गोपी’ को प्रदर्शन मिति परिवर्तन भएको छ । चलचित्र माघ १५ गतेबाट प्रदर्शनमा आउने भएको छ।
यस अघि चलचित्रले चैत १५ लाई आफ्नो प्रदर्शन मिति तय गरेको थियो । चलचित्र ‘गोपी’ मा विपिन कार्की, वर्षा राउत र सुरक्षा पन्तको मुख्य भूमिका रहेको छ । विपिन र सुरक्षाले पहिलोपटक सँगै काम गरेका हुन् । चलचित्रको पोस्ट प्रोडक्सन पनि चाँडै सकिएको र देशविदेशका दर्शकले चलचित्र अलि छिट्टै रिलिज गर्न आग्रह गरेपछि माघ १८ मा आउन लागेको निर्देशक दीपेन्द्र लामाले बताए । आफ्नो पहिलो चलचित्र घामपानीले जस्तै ‘गोपी’ ले दर्शकलाई सन्तुष्ट बनाउने दावी लामाको रहेको छ ।

गोपीलाई नेपालभर मनोठ राठी र उज्ज्वल पौडेलको वैंकेटस इन्टरटेनमेन्टले वितरण गर्नेछ । निर्माता मणिकरण केसी र वितरकका तर्फबाट मनोज राठीले सोमबार वितरण सम्झौतापत्रमा हस्ताक्षर गरेका छन् । आरोही इन्टरटेनमेन्टको ब्यानरमा बनेको ‘गोपी’का कार्यकारी निर्माता श्रीधर पौडेल हुन् । एमए पढेर पनि गाईपालनमा होमिएका एक युवकको संघर्षकथा चलचित्रमा समेटिएको पटकथा लेखक सामिप्यराज तिमल्सिना अवगत गराउँछन् ।

काठमाडौंको टोखा क्षेत्रमा छायांकन गरिएको गोपीमा शैलेन्द्रध्वज कार्कीको सिनेमाटोग्राफी, निमेष श्रेष्ठको सम्पादन, न्ह्यू बज्राचार्य, अर्जुन पोखरेल र कल्याण सिंहको संगीत तथा विप्लव प्रतीक र बुद्धिसागरको गीत समावेश छ ।