बिधवाको यथार्थ घटना चलचित्र बिधवा


(सेलिब्रेटी नेपाल) काठमाडौँ
दलित विधवालाई घर परिवार र समाजले कस्तो व्यबहार गर्ने गर्छन भन्ने कथा बोकेको नेपाली चलचित्र ‘विधवा’को आज काठमाडौंमा पत्रकार सम्मेलनको आयोजना गरि चलचित्रको बारेमा जानकारी दिइएको छ । पुष ११ गते बाट देशभर प्रदर्शनको तयारीमा रहेको चलचित्र ‘विधवा’ ले सामाजिक कथा बस्तुलाई चित्रण गरेको हुनाले चलचित्र विधवाले नेपाली समाजमा राम्रो सन्देश दिने निर्देशक मनोज श्रेष्ठले बताए । चलचित्रमा मुख्य भुमिका निभाएकी कलाकार सोनु घिमिरेले पनि चलचित्र नेपाली समाजमा घटिरहेका घटनाको यर्थाथ ऐना भएका कारण एकपटक सबैले चलचित्र विधवा हेरिदिन आग्रह गरिन ।
Dilip-rayamajhi-sonu
बुटवलस्थित मदन एलिसा फिल्मस् प्रालिको प्रस्तुति रहेको चलचित्र ‘विधवा’ मा नेपाली समाजको ग्रामीण भेगमा ‘विधवा’को अवस्था, उनीहरूको अधिकार तथा सामाजिक सुरक्षाको विषयलाई पनि चलचित्रले उठान गरेको छ । चलचित्रमा दिलीप रायमाझी, सोनु घिमिरे, विद्या कार्की, शिखा नेपाल, मनोज श्रेष्ठ लगायतको अभिनय रहेको छ । चलचित्रलाइ गिरिप्रसाद सुनारले निर्माण गरेको चलचित्रमा मान बहादुर घिमिरेको कथा शंकर अधिकार घायलको गीत विकास चौधरीको संगीत रहेको छ ।