भुवन समानुपातिकबाट सभासद नबने पनि राजनीतिमा सक्रीय रहने


(सेलिब्रेटी नेपाल) १४ पौष-नायक भुवन के सी को नाम एमाले बाट समानुपातिकमा सभासद बन्ने लिस्टमा नपरे पछि भुवन के सी ले भाबुक हुँदै म पदको लोभले पार्टी प्रवेश गरेको होइन र सभासद नहुँदा दुख नलागेको प्रतिक्रिया दिएका छन्। धेरैले अब भुवन के सी के गर्छन भन्ने जिज्ञासा राखेको हुनाले सार्बजनिक रुपमा पत्रकार सम्मेलनको आयोजना गरेको बताए।
Bhuwan-kc
आज रिपोर्टस क्लबमा पत्रकार सम्मेलनको आयोजना गरेर भूवनले आफू पार्टी प्रति प्रतिबद्ध रहेको बताउँदै निष्ठावान रुपमै पार्टीमा लाग्ने जनाएका छन्। उनले प्राविधिक कारणले आफू समानुपातिकमा अटाउन नसकेको जानकारी पाए पनि त्यसको विस्तृत अर्थ भने थाहा नभएको बताएका छन्। पार्टीले प्रतिबद्धता गरे अनुसार संविधान निर्माण गरेको खण्डमा त्यो नै आफ्नो लागि खुशीको पल हुने उनले जनाएका छन्। पत्रकार सम्मेलनमा केही निराश देखिएका भूवनले आम जनताले आफूलाई संविधान सभाको भवन भित्र देख्न चाहेको बताउँदै उनीहरुको भावनामा ठेस लागेको बताए। भूवनले पत्रकार सम्मेलनमा आफ्नो अधिकांश समय निर्वाचनमा मत दिने मतदाताहरुलाई धन्यवाद दिनमा नै खर्चिए।

भूवनले विभिन्न पार्टीका नेता तथा जनताले आफू सभासद बनेको हेर्न चाहेको बताउँदै सबैलाई निराश नहुन आग्रह पनि गरेका छन् । मुलुककै चर्चित स्थान काठमाण्डौ क्षेत्र नम्बर १ बाट पार्टीले टिकट दिनु नै कला जगतको सम्मान भएको बताउँदै भूवनले पछि उम्मेदवारी खोसिदा अपमान महशुश नगरेको बताए। उनले नेताहरुको चुनावी अभियानमा आफूले दिन रात नभनी सहयोग गरेको बताउँदै उहाँहरुले चुनाव जित्नुको पछाडी आफ्नो पनि केही भूमिका रहेको दर्साउन खोजेका थिए। नायक के सीले समानुपातिकबाट सभासद नबने पनि राजनीतिमा सक्रीय भइ रहने र आफु पदका एमाले पार्टी प्रवेश नगरेको र भोलिका दिनमा एमालेमा नै रहेर राजनीतिमा सक्रीय रहने बताएका छन्।

एमालेले सुरुमा प्रत्यक्षतर्फ केसीको नाम सिफारिस गर्दा नै कार्यकर्ताबाटै व्यापक बिरोध भएपछी पछि पार्टीले उनलाई समानुपातिकतर्फ नाम समावेश गरेको थियो। काठमाडौं क्षेत्र नं १ बाट केसीले प्रत्यक्षतर्फको टिकट पाउनै लागेका थिए। उनलाई समानुपातिकको नाम लिस्टमा समावेश गर्दा पटक-पटक विवादमा आउने नायक भुवनको ठुलै चर्चा भएको थियो। यस पालिको संबिधान सभा चुनाबमा सबै भन्दा चर्चामा आउने व्यक्तिमा नायक भुवन के सी पर्न सफल भए। भुवन सँधै केहि न केहि गरेर चर्चामा आइ रहन चाहने व्यक्ति हुन् यस पाली उनि सर्बाधिक चर्चामा रहे।