भिजिलान्ते सरे पछि चैत्र ९ गते तिनको मात्रै भिडन्त



(सेलेब्रेटी नेपाल) ३० फागुन-नेपाली चलचित्रको प्रदर्शन मिति पहिले नै तोकेर पछि सार्नु नौलो कुरा होइन । पछि सार्नुका पनि आ आफ्नै कारण हुन्छन। पहिलो नेपाली थ्रीडी चलचित्र ‘भिजिलान्ते’को प्रदर्शन मिति प्राबिधिक काम नसकियको कारण पर सरेको छ। । चैत्र ९ गतेबाट देशभर प्रदर्शनमा आउने भनिएको भिजिलान्ते दुई हप्ता पर सरेर चैत्र २३ गते लाई सारियको छ । चैत्र ९ गतेबाट पर सर्नु मा चलचित्र लाई केहि हद सम्म राम्रै पनि हो किन भने चैत्र ९ गते अन्य तिन चलचित्र लव इन चाइना बोर्डर,मन्जरी र रक्षा प्रदर्शनमा आउने भयका छन् । दीपेन्द्र के.खनालको निर्देशन रहेको भिजिलान्तेमा प्रियंका कार्की, राज घिमिरे, दीपशिखा शाही, शंकर आचार्य, मेनुका प्रधान लगायतको अभिनय रहेको छ ।