भानुको कलाकारिता कतारमा पनि जम्दै


bhanu model

(सेलिब्रेटी नेपाल) ९ जेष्ठ-मोड्लिङको यात्रामा दुई बर्ष अगाडि मात्र पाइला टेकेर छोटो समयमा नै सफलताको शिखर तिर लम्किरहेका छन -मोडल भानु शर्मा । मोरङ जिल्ला राजघाट गा बि स वार्ड न ९ दुर्गापुरी बजार स्थायी घर भएका भानुको चर्चा केबल आफ्नो गाउमा मात्रा नभएर पुरै देशमा छ । देशको चर्चाले मात्र नपुगेर उनी अहिले बिदेशी भुमी कतारमा पनि चर्चा बटुली रहेका छन । केही बर्ष अगाडि मात्र कामको सिलसिलामा कतार पुगेका भानु हाल बिभिन्न म्युजिक भिडियो र लघु चलचित्रको शुटिंगमा ब्यस्त छन । भन्छन “केही दिन पछी नै मेरो अर्को म्युजिक भिडियो को शूटिङ् हुँदैछ “।

 

बाल्यकाल देखी नै अभिनयमा रुची भएका भानुले मोड्लिङ क्षेत्रमा आउनु अघिनै आधा दर्जन सडक नाटक, आधा दर्जन स्टेज नाटक ,चार वटा टेली चलचित्र र दुई वटा ठुलो पर्दाको चलचित्रमा समेत आफ्नो अभिनय कलालाई प्रस्तुत गरिसकेका छन । डम्बर नेपाली को ” टाढा नलैजाउ तिमी मेरो माया लाई ” बोलको गीतमा पहिलो पटक मोड्लिङ गरेका भानु एका एक चर्चा बटुल्न सफल भए । पहिलो पटक नै चर्चित नायिका नन्दिता के सि सँग अभिनय गर्ने मौका पाएका भानुले एक पछी अर्को गर्दै एक दर्जन भन्दा बढी म्युजिक भिडियो हरुमा आफ्नो कला देखाइ सकेका छन । ओठमा मुस्कान छर्दै उनी भन्छन ” यती धेरै काम गर्ने अवसर पाउछु जस्तो लगेको थिएन तर आज आफुमा भएको कला देखाउन पाउदा खुशी छु ” ।

आफु बामे सर्दै गरेको कलाकार भएर पनि आफु भन्दा चर्चित नायिका हरु सँग हातेमालो गर्दा सुरु सुरुमा डरले छाती फुल्ने गरेको बताउदै अगाडि थप्छन काम गर्दै जादा अब त बानी भयो । चर्चित कलाकार हरु सँग काम गर्दै जादा आत्मबिश्वास बढेको बताउने भानुले अहिले सम्म नन्दिता के सि , अनु शाह , सालीना शाही , रीमा विश्वाकर्मा , सुश्मा कार्की , केकी अधिकारि ,गरिमा पन्त ,शोभिता सिम्खडा जस्ता चर्चित नायिका हरु सँग काम गरिसकेका छन भने डम्बर नेपाली , राजेश पयल राइ ,सुदीप शाही , दिपक लिम्बु र प्रमोद खरेल जस्ता गयक हरुको स्वरमा आफ्नो कला देखाएर मोड्लिङको यात्रा  लाई अगाडि बढाइ  रहेका छन । रोमान्टिक गीत हरुमा भन्दा धेरै सेन्टिमेन्टल गीतमा अभिनय गरेका कारण उनी लाई भाबुक मोडल भनेर  दर्शक हरुले चिनेकोमा खुशी लागेको बताउदै भन्छन ” म अलिक भाबुक नै भएकाले होला सेन्टिमेन्टल गीत हरु नै मन पर्छ ” ।

 

 

bhanu-sharma-next

“संगीत र कला बिना को जीवन अधुरो हुन्छ ” संसार को कुनै प्राणी लाई जिउनको लागि संगीत को शाहायता चाहिन्छ भन्ने मान्यता बोकेका भानु भन्छन ” मलाई त संगीतमा रमाउने बानी परेको छ ,शायद अब संगीत र कला बाट टाढा भएर बाँच्न सक्दिन होला ” । सबै मोडेल हरु हिरो बन्छन तपाईं चाहिं नबन्ने ? भन्ने प्रश्नको जवाफमा उनी भन्छन ” शायद त्यो दिन चाडै आउनेछ “