वर्षा र सुशील मात्र अटाए कारखाना भित्र


karakhana-movie
सेलिब्रेटी नेपाल काठमाडौँ

नायक सुशील श्रेष्ठ र बर्षा शिवाकोटीको मुख्य भूमिका रहेको चलचित्र ‘कारखाना’को पहिलो पोस्टर सार्बजनिक गरिएको छ ।चलचित्रको फष्टलुकमा अभिनेता सुशील र बर्षा एक अर्काेसँग नजिकिएको देख्न सकिन्छ । फष्टलुकमा यी दुई कलाकार मात्र देखिएका छन् । अमरदीप निर्देशित चलचित्र पुष २९ गतेदेखि प्रदर्शनमा आउँदैछ । चलचित्रमा सुशील र वर्षासँगै जेविका कार्की, नवीन लम्साल, मौसमी मल्ल, नागेन्द्र रिजाल, विकास उप्रेतीलगायतका कलाकारले अभिनय गरेका छन् । चलचित्रको बिषयबस्तु अहिले बाहिर ल्याइएको छैन ।