बधशालालाई सेन्सर बोर्डले अनुमति दिएपछि आज बाट प्रदर्शन


फागुन २५ मा रिलिज हुने भनिएको बधशालालाई सेन्सर बोर्डले अनुमति नदिएपछि रोकिएको थियो । सेन्सर को समस्या बाट मुक्ति प्या  पछि ‘बधशाला’ आजबाट सार्वजनिक प्रदर्शनमा आएको छ ।माओवादी द्धन्द्धकालमा नेपाली सेनाले तत्कालिन विद्रोही माओवादीलाई पक्राउगरी भैरवनाथ गणमा चरम यातना दिएको विषयमा बनेको बधशाला यसअघि नेपाली सेनाको ‘अंकुश’मा परेको हो । बधशालाले ‘शान्तिप्रक्रिया बिथोल्ने’ भन्दै रक्षा मन्त्रालयले चलचित्र प्रदर्शनमा रोक लगाउन पत्राचार गरेपछि सूचना तथा सञ्चार मन्त्रालयले सोही अनुसार बोर्डलाई आदेश जारी गरेको थियो ।
 चलचित्रका केही संवादलाई हटाईएपछि प्रदर्शन अनुमति प्राप्त गरेको निर्माणपक्षको भनाई छ । मोहन डोटेल निर्माता रहेका वधशालामा अनुप बराल, सौगात मल्ल, सरिता गिरी, दयाहाङ राई, अर्पण थापा, समुना केसी लगायतको अभिनय रहेको छ । सेन्सर बाट बल्ल मुक्ति पायको चलचित्र लाई दर्शक ले कति रुचाउने हुन् अब केहि दिनमा थाह हुने छ ।