बधशाला अब दर्शकले हेर्न पाउने भय,सेन्सर बाट मुक्ति


(सेलिब्रेटी नेपाल)२१ चैत्र-शान्ति प्रक्रियालाइ खलवल्याउने आसंकाले नेपाली सेना, रक्षा मन्त्रालय हुँदै संचार मन्त्रालयले प्रदर्शनमा वन्देज लगाएको चलचित्र वधशालाले पिजी सर्टिफिकेट सहित प्रदर्शन हुने मौका पायको छ । सेन्सर वोर्डका सदस्यले चलचित्र हेरेर पिजी सर्टिफिकेट दियको हो । अव यो चलचित्र १३ वर्ष मुनिका वालवालिकाहरुले अभिभावकको सथामा चलचित्र हेर्नु पर्ने भएका छन । मोहन डोटेलले निर्माण गरेको यो चलचित्रलाइ मनोज पण्डित निर्देशन गरेका छन । चलचित्रमा  अनुप बराल, अर्पण थापा, सौगात मल्ल, दयाह्याङ राई, खगेन्द्र लामिछाने, समुना केसीको मुख्य अभिनय रहेको छ । अव यो चलचित्र आगामी वैशाख ६ गतेबाट देश भर प्रदर्शन हुने वताइएको छ । बधशालामा शशस्त्र द्धन्द्धको समयमा भैरवनाथ गणमा नेपाली सेनाले बन्दीमाथि दिएको चरम यातनालाई देखाउन खोजिएको छ ।