आर्यन बने निर्माता,हिंउदे झरीमा नम्रता संग रुझ्ने


(सेलिब्रेटी नेपाल) २४ भाद्र-पछिल्लो समय आफु अभिनित चलचित्र हरु असफल भइ रहेको बेला नायक आर्यन सिग्देल पनि निर्माता बन्ने भएका छन् । उनि चलचित्र ‘नोभेम्वर रेन’मा आधा लगानी गरेर निर्माता हुन लागेका हुन्।
Aryan-sigdel-namrata-shrestha
मलेसिया निवासी सुवास गिरीसँग मिलेर निर्माण गर्न लागेको चलचित्र मा मुख्य भूमिकामा उनी आफै नायक बन्दै छन् । प्रेम र मौसमको दोहोरो वर्षालाई बिम्ब बनाइएको चलचित्रमा उनको जोडी नम्रता श्रेष्ठ र छुल्ठिम डोल्मा गुरुङ रहेका छन्। पपगायक धिरज राईकी जीवनसंगीनी छुल्ठिमको यो डेब्यु चलचित्र हुनेछ। चलचित्र लाई दिनेश राउतले निर्देशन गर्ने भएका छन् यस अघि उनले आइ एम सरी निर्देशन गरेका थिए आज राजधानीमा एक औपचारिक कार्यक्रमको आयोजना गरि चलचित्रको बारेमा जानकारी गराईयो। चलचित्रको यसै साता देखि धरानबाट छायाँकन प्रारम्भ गरिनेछ चलचित्रमा छेतन गुरुङको स्क्रिप्ट राजेश श्रेष्ठको क्यामेरा तथा तारा प्रकाश लिम्वुको संगीत रहनेछ।
Aryan-sigdel-namrata