आर्यनको हनिमुनमा निताको वार


(सेलिब्रेटी नेपाल) ८ कार्तिक-‘मेरो एउटा साथी छ’ जस्तो सफल चलचित्रका निर्देशक सुदर्शन थापाको निर्देशनमा बनेको चलचित्र ‘मधुमास’ र नव निर्देशक मुकुन्द भट्टले निर्देशन गरेको चलचित्र ‘वार’ आज बाट अल नेपाल रिलिज भएका छन्। चलचित्र मधुमास लाई प्रेम र थ्रिलरको संयोजन भनिएको छ भने वार एक्सन प्रधान सिनेमा हो।
War-_madhumas
‘मधुमास’ मा आर्यन सिग्देल, पूजा शर्मा, मनोज आरसी, शिवांगिनी राणा, निर्मल शर्मालगायत कलाकारले अभिनय गरेका छन् । बाबुराम दाहाल र निर्देशक सुदर्शनको संयुक्त लगानी रहेको चलचित्रलाई दीपक वज्राचार्यले खिचेका हुन् ।

‘वार’ नेपालमा रहेको बहुमूल्य जडीबुटीमाथि विदेशीले आँखा लगाएको र यसलाई रोक्ने प्रयत्न चलचित्रको मुख्य विषय हो। चलचित्रमा नीता ढुंगाना र कृष्ण भट्टले मुख्य भूमिकामा अभिनय गरेका छन् । सुबोध र किशोर भट्ट चलचित्रका निर्माता हुन् ।