अर्गानिक कथा ‘बैना’


सेलिब्रेटी नेपाल

काठमाडौं: यहि माघ ११ बाट प्रर्दशनमा आउने चलचित्र ‘बैना’ ले राजधानिमा एक कार्यक्रम आयोजना गर्दै चलचित्रको बारेमा जानकारी गरायो । चलचित्रका प्रस्तुतकर्ता भुपेन्द्र लिङदेनले चलचित्र ‘बैना’ अर्गानिक कथा रहेको बताएका छन् । बिशुद्ध नेपालीपन र नेपाली समाजको चलचित्र बैना भएको बताउदै चलचित्रको बारेमा जानकारी दिए । प्रेमकथामा आधारीत चलचित्र ‘बैना’ लाइ दिल प्रकाश याक्सोले निर्देशन गरेका हुन् । हिमालि लिङदेन फिल्मस् प्रा लि को व्यानरमा भुपेन्द्र लिङ्देनको प्रस्तुति चलचित्र बैनालाइ हिमालि लिङ्देन , राजु लिङ्देन , धन बहादुर याक्सो , बिना पालुङ्वाले संयुक्त रुपमा निर्माण गरेका हुन् ।

तिरुपाति पिक्चर्सले बितरण गर्ने यो चलचित्रमा सुबास मेचे , रन्जिता लिम्बु , उदय सुब्बा , सुरबिर पण्डित , भुपेन्द्र लिङ्देन , राजु लिङ्देन , विश्व मुखिया , युमा रानि लिम्बु , सन्तु मगर लगायतका कलाकारको अभिनय रहेको छ । चलचित्रका गीतमा बिकाश चौधरीको संगीत, द्धन्द राजु किराति, छायांकन बिक्रम डिसि तथा सम्पादन तारा थापा किम्भे को रहेको छ । गीतमा कमल राइको कोरियोग्राफि रहेको छ भने चलचित्रको कथा पटकथा सम्बाद बिजय केरुङले लेखेका हुन् ।