अनमोल स्टारर चलचित्र ‘क्याप्टेन’ को गीत युट्युब ट्रेन्डिङको शिर्ष स्थानमा


सेलिब्रेटी नेपाल


काठमाडौँ: अनमोल केसी स्टारर चलचित्र ‘क्याप्टेन’ को गीत बिहिबार सार्वजनिक गरियो । सार्वजनिक गीतले छोटो समयमा नै युट्युबमा उत्कृष्ट प्रतिक्रिया पाएको छ । ‘क्याप्टेन’को गीत सामाजिक सञ्जाल युट्युबमा सार्वजनिक गरिएको आठ घण्टा मै युट्युब ट्रेन्डिङको शिर्ष स्थानमा कब्जा जमाएको छ । हामीले यो समाचार तयार पार्दासम्म गीतले करिब सवा तीन लाख बराबर भ्युज पाइसकेको छ । जसमध्ये गीत हेर्ने अधिकाशं दर्शकले चलचित्रको गीतलाई उत्कृष्ट प्रतिक्रिया दिएका छन् । सार्बजनिक भएको यति छोटो समयमा यु ट्युब ट्रेन्डिङको शिर्ष स्थानमा आउने गीत यहि नै हो ।

सुपर काजल फिल्मस्को ब्यानरमा भुवन केसीले निर्माण गरेको चलचित्रलाई दीवाकर भट्टराईले निर्देशन गरेका हुन् । ‘क्याप्टेन’मा जिया केसी कार्यकारी निर्माताको रुपमा रहेकी छन् ।चलचित्रमा अनमोल केसी र उपासना सिंह ठकुरीका अलवा प्रियंका एमभी, सुनिल थापा, प्रशान्त ताम्राकार, सरोज खनाल, विल्सन बिक्रम राई, बुद्धि तामाङ, रविन्द्र झा, सुर्यमाला खनाल, अमित श्रेष्ठ लगायतका कलाकारको मुख्य भुमिका रहेको छ ।

‘क्याप्टेन’मा सामिप्यराज तिमिल्सेनाको कथा , निर्देशक दीवाकर भट्टराई र सामिप्य राज तिमिल्सेनाको पटकथा तथा संवाद, अर्जुन पोखरेलको संगीत, कविराज गहतराजको कोरियोग्राफी, डिओपी सुदीप बराल, नवराज उप्रतीको छायाँकन, चन्द्र पन्तको द्धन्द्व, दीर्घ राज खड्काको सम्पादन रहेको छ । चलचित्र फागुन १७ गते बाट सार्बजनिक प्रदर्शनमा आउनेछ ।