अनमोलको ‘क्याप्टेन’ नेपाल पश्चात जापानमा प्रदर्शन हुने


सेलिब्रेटी नेपाल

काठमाडौँ: नेपाल रिलिजको दुई हप्तापछि जापानमा रिलिज हुने भयो ‘क्याप्टेन’ नेपाल प्रदर्शन लगत्तै जापानमा प्रदर्शन हुने भएको छ । चलचित्र मार्च १७ तारिखमा टोकियोमा प्रदर्शन हुने आयोजक संस्था डेस्टिनी क्रियशनसँग सहकार्य गरेर सुवास लामिछानेले छ;चित्र प्रदर्शन गर्दैछन् । आगामी फागुन १७ गतेबाट सार्वजनिक प्रदर्शनको तयारीमा रहेको प्रतिक्षीत चलचित्र ‘क्याप्टेन’ को ट्रेलर र ‘रहर छ सँगै’ बोलको गीतले दर्शकमाझ चलचित्रले राम्रो हाइप बटुल्न सफल भएको छ । चलचित्रको ट्रेलर सार्वजनिक भएपछि चलचित्रको मेकिङ र अभिनेता अनमोल केसीले गरेको अभिनयलाई दर्शकले निकै रुचाएका छन् ।

चलचित्रको सार्वजनिक ट्रेलरकै कारण अहिले विदेशमा समेत माग बढ्न थालेको छ । नेपाल प्रदर्शन अगावै निर्माता भुवन केसीले महँगो मुल्यमा विभिन्न देशका लागि सिनेमाको प्रदर्शन अधिकार विक्री गरिसकेका छन् । यही चलचित्रबाट अनमोल केसीको जोडी भएर उपासना सिंह ठकुरी र प्रियंका एमभीले नेपाली चलचित्र क्षेत्रमा डेब्यु गरेका छन् । क्याप्टेनमा सुनिल थापा, प्रशान्त ताम्राकार, सरोज खनाल, विल्सन विक्रम राई, राजाराम पौडेल, सुर्यमाला खनाल, बुद्धि तामाङ, अमित श्रेष्ठ लगायतका कलाकारहरुको पनि अभिनय रहेको छ ।

सुपर काजल फिल्मस्को क्यानरमा निर्माण भएको ‘क्याप्टेन’का लेखक तथा निर्देशक दीवाकर भट्टराई हुन् । चलचित्रको कथा सामिप्यराज तिमल्सिनाको हो । जिया केसी कार्यकारी निर्माता रहेको चलचित्रमा अर्जुन पोखरेलको संगीत, कविराज गहतराज र रेनेशा वान्तवा राईको कोरियोग्राफी, सुदीप बरालको डिओपी, नवराज उप्रेतीको छायाँकन, दिर्घ खड्काको सम्पादन रहेको छ ।