अनमोल र सुहानाको रोमान्टिक अवतार ‘ए मेरो हजुर ३’ को पहिलो गीत सार्बजनिक


सेलिब्रेटी नेपाल

काठमाडौँ: झरना थापाले निर्देशन गरेको चलचित्र ‘ए मेरो हजुर ३’ को पहिलो गीत सार्वजनिक गरिएको छ । चलचित्रमा समावेश पहिलो गीत शुक्रबार युट्युव मार्फत सार्वजनिक गरिएको हो । ‘जिन्दगी नै भन्दीन’ बोलको गीतमा चलचित्रका मुख्य कलाकार अनमोल केसी र सुहाना थापालाई फिचर्ड गरिएको छ ।

चलचित्रको सार्वजनिक गीतमा आशिष अविरलको संगीत एक नारायण भण्डारीको शब्द तथा सुगम पोखरेल र प्रविसा अधिकारीको स्वर छ । मनाङ र अमेरिकाको सुन्दर लोकसनमा छायांकन गरिएको गीतमा अनमोल र सुहानाको केमेष्ट्री उत्कृष्ट देखिएको छ । सांगीतक प्रेमकथा बोल्ने चलचित्रलाई सुनिल कुमार थापाले निर्माण गरेका हुन् । यही सिनेमाबाट निर्माता सुनिल कुमार थापा र निर्देशक तथा अभिनेत्री झरना थापाले छोरी सुहाना थापालाई नेपाली सिनेमा क्षेत्रमा डेव्यु गराउँदै छन् ।

सुहाना इन्टरटेनमेन्टको व्यानरमा निर्माण भएको चलचित्रमा अनमोल र सुहानाका अलवा अपर्ण थापा, सलोन बस्नेत, रविन्द्र झा, सरोज खनाल, विशाल पहाडी, रेयर राई, रुपा घिसिङ, रक्षा गौतम लगायतका कलाकारको अभिनय रहेको छ । चलचित्रमा झरना थापा र सुमन पौडेलको कथा, छेतेन गुरुङ, प्रतिक पौडेल, बाबुराम दाहाल र सुमन पौडेको पटकथा तथा संवाद, सञ्जय लामाको छायांकन, कविराज गहतराज, प्रविन सिंह, राहुल शाह र रामजी लामिछानेको कोरियोग्राफी, हिमाल केसीको द्धन्द्व, दिर्घ खड्काको सम्पादन रहेको छ । चलचित्र ‘ए मेरो हजुर ३’ आगामी नयाँ वर्षको अवसर पारेर चैत्र २९ गतेबाट सार्बजनिक प्रदर्शनमा आउने छ ।