अनमोल र भुवन ‘क्याप्टेन’ प्रचारको लागी चितवनमा


सेलिब्रेटी नेपाल

काठमाडौँ: चलचित्र‘क्याप्टेन’ निर्माण टिमले प्रदर्शन मिति मिती नजिकिएसँगै प्रचार प्रसारलाई आक्रामक बनाउँदै लगेको छ । चलचित्रको सार्वजनिक गीत, संगीत र ट्रेलरले दर्शकबाट पाएको उत्कृष्ट प्रतिक्रिया पाएको निर्माण टिम प्रचारका लागी मोफसलको चितवन पुगेको छ । चलचित्रका निर्माता भुवन केसी र अभिनेता अनमोल केसी ‘क्याप्टेन’ प्रचारका लागी चितवन पुगेका हुन् ।

अभिनेता भुवन केसीले चितवनमा पत्रकार भेटघाट कार्यक्रममा बोल्दै आफुले एकदमै दु:ख गरेर यो चलचित्र निर्माण गरेको बताए । नेपालमा एउटा राम्रो फुटबल स्टेडियम समेत छैन त्यसैले पनि चलचित्र निर्माणमा आफ्नो टिमले धेरै दु:ख पाएको अनुभव भुवनले बताए ।

चलचित्रका मुख्य अभिनेता अनमोल केसीले नेपाली फुटबलका पुर्व राष्ट्रिय खेलाडी हरी खड्कासँग तीन महिना प्रशिक्षण लिएको बताए । आफुले ‘क्याप्टेन’को क्यारेक्टर खेलाडी इशान खड्का देखिन धेरै मेहनत गरेको सुनाए । तीन महिना प्रशिक्षण गर्दा पनि आफुले थप तीन महिना समय निर्माण टिम र निर्देशकसँग मागेको भएता पनि सिनेमा छायांकनको सम्पुर्ण तयारी पुरा भैसकेकोले गर्दा आफुले थप समय नपाए पनि उत्कृष्ट काम गरेको अनमोलको भनाई छ । ९० मिनेटको खेलको लागी १२ घण्टा रेलुलर काम गर्दा आफु धेरै पटक सेटमै बेहोस भएको अनुभव अनमोलले चितवनका पत्रकार माझ साटे ।

सुपर काजल फिल्मसको ब्यानरमा निर्माण भएकोचलचित्रलाई दिवाकर भट्टराईले निर्देशन गरेका हुन् । सदावहार अभिनेता भुवन केसीको लगानीमा निर्माण भएको चलचित्रकी कार्यकारी निर्माता जिया केसी हुन् । चलचित्रमा अर्जुन पोखरेलको संगीत रहेको छ । चलचित्रमा अनमोल केसी, उपासना सिंह ठकुरी र प्रियंका एमभीका अलवा प्रशान्त ताम्राकार, सुनिल थापा, सरोज खनाल, विल्सन विक्रम राई, सुर्यमाला खनाल, राजाराम पौडेल, बुद्धि तामाङ, अमित श्रेष्ठ लगायतका कलाकारको मुख्य भुमिका रहेको छ । चलचित्रमा कविराज गहतराजको कोरियोग्राफी, नवराज उप्रेतीको छायांकन, सुदिप बरालको डिओपी, दिर्घ राज खड्काको सम्पादनमा रहेको छ । चलचित्र फागुन १७ गते बाट देशभर प्रदर्शनमा आउनेछ ।