अनमोलसँग चिट गर्दै सुहाना (भिडियो)


सेलिब्रेटी नेपाल

काठमाडौँ: चलचित्र ‘ए मेरो हजुर ३’ को नयाँ गीत सार्वजनिक गरिएको छ । ‘चिट डे…..’ बोलको गीत शुक्रबार सामाजिक सञ्जाल युट्यु मार्फत रिलिज गरिएको हो । चलचित्रको यसअघि सार्वजनिक गीत ‘जिन्दगी नै भन्दीन’ र ‘परान’ बोलको गीतले दर्शकबाट राम्रो साथ पाइरहेका बेला नयाँ गीत ‘चिट डे’ले पनि दर्शकबाट राम्रो पतिक्रिया पाउने अपेक्षा निर्माण टिमलाई छ ।

प्रतिक्षित चलचित्रको सार्वजनिक गीतमा उदयराज पौडेलको एरेञ्ज, प्रतिक पौडेको शब्द तथा संगीत र प्रविशा अधिकारीको स्वर छ । अनमोल केसी र डेव्यु गर्ल सुहाना थापालाई फिचर्ड गरिएको गीतमा राहुल शाहको कोरियोग्राफी रहेको छ । स्टार र फ्यानविचको साँगीतीक प्रेमकथामा निर्माण भएको चलचित्रलाई अभिनेत्री झरना थापाले निर्देशन गरेकी हुन् । यो चलचित्रलाई सुनिल कुमार थापाले निर्माण गरेका हुन् ।

सुहाना इन्टरटेनमेन्टको व्यानरमा निर्माण भएको चलचित्रमा अनमोल र सुहानाका अलवा अपर्ण थापा, सलोन बस्नेत, रविन्द्र झा, सरोज खनाल, विशाल पहाडी, रेयर राई, रुपा घिसिङ, रक्षा गौतम लगायतका कलाकारको पनि अभिनय रहेको छ । चलचित्रमा झरना थापा र सुमन पौडेलको कथा, छेतेन गुरुङ, प्रतिक पौडेल, बाबुराम दाहाल र सुमन पौडेको पटकथा तथा संवाद, सञ्जय लामाको छायांकन, कविराज गहतराज, प्रविन सिंह, राहुल शाह र रामजी लामिछानेको कोरियोग्राफी, हिमाल केसीको द्धन्द्व, दिर्घ खड्काको सम्पादन रहेको छ । चलचित्र नयाँ बर्षको अबसरमा चैत्र २९ गते बाट सार्बजनिक प्रदर्शनमा आउने छ ।