अनमोल संग उपासनाको रहर छ सँगै हुने (भिडियो)



सेलिब्रेटी नेपाल 

काठमाडौँ: अनमोल केसी स्टार चलचित्र ‘क्याप्टेन’ को पहिलो गीत सार्वजनिक गरिएको छ । बिहीबार काठमाडौमा एक भव्य कार्यक्रम गर्दै चलचित्रको गीत सार्वजनिक गरिएको हो । रहर छ सँगै…. बोलको गीतमा चलचित्रका मुख्य कलाकार अनमोल केसी र उपासना सिंह ठकुरीलाई फिचर्ड गरिएको छ । सार्वजनिक गीतमा संगीतकार अर्जुन पोखरेलको संगीत, दिग्गज धौलारीको शब्द तथा सुगम पोखरेल र अञ्जु पन्तको स्वर रहेको छ ।

सुपर काजल फिल्मस्को ब्यानरमा भुवन केसीले निर्माण गरेको चलचित्रलाई दीवाकर भट्टराईले निर्देशन गरेका हुन् । ‘क्याप्टेन’मा जिया केसी कार्यकारी निर्माताको रुपमा रहेकी छन् । चलचित्रमा अनमोल केसी र उपासना सिंह ठकुरीका अलवा प्रियंका एमभी, सुनिल थापा, प्रशान्त ताम्राकार, सरोज खनाल, विल्सन बिक्रम राई, बुद्धि तामाङ, रविन्द्र झा, सुर्यमाला खनाल, अमित श्रेष्ठ लगायतका कलाकारको मुख्य भुमिका रहेको छ ।

‘क्याप्टेन’मा सामिप्यराज तिमिल्सेनाको कथा, दीवाकर भट्टराई र सामिप्य राज तिमिल्सेनाको पटकथा तथा संवाद, अर्जुन पोखरेलको संगीत, कविराज गहतराजको कोरियोग्राफी, डिओपी सुदीप बराल, नवराज उप्रतीको छायाँकन, चन्द्र पन्तको द्धन्द्व, दीर्घ राज खड्काको सम्पादन रहेको छ । चलचित्र फाल्गुन १७ गते बाट सार्बजनिक प्रदर्शनमा आउने छ ।