आकाश र आश्माको ‘ड्रिम गर्ल’ दोश्रो सातामा


सेलिब्रेटी नेपाल

काठमाडौँ: ऋषिराज आचार्य निर्देशित चलचित्र ‘ड्रिम गर्ल’ ले पहिलो साता पार गरि दोस्रो सातामा प्रवेश गरेको छ । चलचित्रले अहिलेसम्म राम्रो प्रतिक्रिया पाएको निर्देशक आचार्यले बताएका छन् । चलचित्रले पाएको प्रतिक्रिया र समीक्षाबाट चलचित्र युनिट खुशी छ । यो साता कुनै पनि नेपाली चलचित्र रिलिज नभएकाले पनि ‘ड्रिम गर्ल’ ले धेरै हल पाउन सफल भएको छ ।

‘ड्रिम गर्ल’ प्रेमकथाका साथ साथै पूर्ण मनोरञ्जनात्मक चलचित्र रहेको निर्देशक आचार्यले बताए । फिल्मले दर्शकलाई मनोरञ्जन दिने निर्देशक आचार्यको दाबी छ । उपत्यका लगाएत उपत्यका बाहिरका हलहरुमा पनि चलचित्र युनिट पुगेका थिए । केही दिन मोफसलका दर्शकसंग साक्षात्कार गरेर राजधानी फर्किएको ‘ड्रिम गर्ल’ युनीट दर्शकले चलचित्र मन पराएकोमा खुशी छ ।

चलचित्रमा दुई करोडभन्दा बढी लगानी लागेको निर्माण टिम बताउ छ । ‘ड्रिम गर्ल’ का गीतहरू निकै नै उत्कृष्ट बनेका छन् । युट्युवमा २ ओटा गीतले राम्रो भ्यूज पाएका छन् । गीतहरु रारा ताल र थाइल्याण्डका बिभिन्न स्थानमा खिचिएको छ । डेब्यु चलचित्रबाट दर्शकले दिएको प्रतिक्रिया प्रति नव-अभिनेत्री आश्मा एकदम खुशी ब्यक्त गर्दछिन । अधिकांश दर्शकले आफ्नो अभिनय निकै खारिएको पाएको पनि आश्मा बताउछिन् ।

आरबि मुभीजको ब्यानरमा बनेको चलचित्रको स्क्रिप्ट निर्देशक आचार्य आफैले लेखेका हुन् । नवीन निरौलाले सम्पादन गरेको चलचित्रलाइ राहुल राई र रामेश्वर हुमागाईले खिचेका हुन् । स्वदेशपछि ड्रिम गर्ल बिदेशमा प्रदर्शन गरिने निर्देशक आचार्यले बताएका छन् । चलचित्रमा आकाश श्रेष्ठ र आश्मा गिरीका अलावा सरोज खनाल, अर्जुन श्रेष्ठ, विल्सन बिक्रम राई, शिशिर भण्डारी, पुजा पराजुली, निर्मल शर्मा, लक्ष्मी गिरी, रश्मी भट्ट, सुरवीर पण्डित लगायतका कलाकारको मुख्य भूमिका रहेको छ ।