प्रचारका लागि अझै पनि पुग्यो रियालिटी शोमा


(सेलिब्रेटि नेपाल) काठमाडौँ
फागुन १५ मा देशव्यापी रिलिज हुने तयारीमा रहेको चलचित्र ‘अझै पनि’ले प्रचार-प्रसारको गति तिब्र बनाएको छ । यसै क्रममा चलचित्र युनिट बुधवार अपरान्ह काठमाण्डौको जमलस्थित राष्ट्रिय नाचघरमा आयोजित एक प्रतियोगात्मक रियालिटी शोमा देखियो । ट्रिनिटी ईभेन्ट एण्ड मार्केटिङ्ले आयोजना गरेको ‘मिस कलेज आईडल २०१४’को अन्तिम प्रतियोगितामा चलचित्रकी निर्माता पुनम गौतम, नायिका सुरक्षा पन्त, सह-नायकहरु विशाल ढुंगाना र पुष्प खड्काको उपस्थिती रहेको थियो । कार्यक्रममा चलचित्र टिमलाई सम्मान पनि गरिएको थियो ।
Ajhai-pani-publicity
‘अझै पनि’ स्व. निर्देशक आलोक नेम्वाङ्को निर्देशनमा बनेको अन्तिम चलचित्र हो । यस चलचित्रमा सुरक्षा पन्त, विशाल ढुंगाना , पुष्प खड्काको अलावा सुदर्शन थापा, पुजा शर्मा, मिथिला शर्मा, विजय लामा, रामशरण पाठक लगाएतका कलाकारहरुको अभिनय रहेको छ ।