प्रदर्शनमा उत्रियो अझै पनि


(सेलिब्रेटि नेपाल) काठमाडौँ
प्रतिक्षारत नेपाली कथानक चलचित्र “अझै पनि” आज शुक्रबार देखि अल नेपाल प्रदर्शनमा आएको छ । चर्चित निर्देशक स्व. आलोक नेम्बाङ्ले निर्देशन गरेको अन्तिम चलचित्रको रुपमा रहेको ‘अझै पनि’ मा सामाजिक प्रेमकथा अगाडी बडाउदै समाजमा नारीको र उनीले लाउने सिन्दुर पोतेको महत्यो देखाऊन खोजिएको छ । प्रदर्शनको केहि दिन अघि प्रिमियर गरेको चलचित्रले राम्रो साथ पाएको थियो । संचार क्षेत्रमा एकदम रुचाइयको चलचित्रको रुपमा रहेको यस चलचित्रलाई पुनम गौतम र सुदर्शन थापाले मिलेर निर्माण गरेका हुन् ।
ajhai-pani-banner
पुनम इन्टरटेनमेन्ट र सुदर्शन इन्टरटेनमेन्टको ब्यानरमा निर्माण गरिएको चलचित्रमा सुदर्शन थापा, पुजा शर्मा, सुरक्षा पन्त, विजय लामा, पुष्प खड्का, विशाल ढुंगाना, प्रमिला खनाल, बिपना धिमाल, रामशरण पाठक, मिथिला शर्मा लगाएतका कलाकारहरुको अभिनय रहेको छ । रामशरण पाठकले लेखेका चलचित्रमा महेश खड्का, हरि लम्साल, राजनराज सिवाकोटी र सचिन सिंहको संगीत रहेको चलचित्रमा राजेश श्रेष्ठको छायांकन पाइन्छ ।
त्यस्तै आझै बाट अर्को नेपाली चलचित्र “मिसन पैसा २” साथै बोलिउड चलचित्र “अब तक छप्पन २” र हलिउड चलचित्र “किंग्सन्यान द सिक्रेट सर्भिस” पनि प्रदर्शनमा आएका छन् ।