अधकट्टी गीत सार्बजनिक गौरव र रिस्ताको रोमान्स


(सेलिब्रेटी नेपाल) काठमाडौँ
सञ्चारकर्मी सुब्रत आचार्यको डेब्यु निर्देशन रहेको चलचित्र ‘अधकट्टी’ को पहिलो गीत सार्वजनिक भएको छ । राजन इसान र सुवानी मोक्तानको स्वर रहेको ‘ओए ओहो’ बोलको गीतमा अभिनेता गौरव पहारी र अभिनेत्री रिस्ता बस्नेतले रोमान्स गरेका छन् । रञ्जीत आचार्यको रचना र राजन इसानकै संगीत रहेको गीतमा कविराज गहतराजको कोरियोग्राफी रहेको छ । आगामी जेठ १४ गतेबाट अल नेपाल रिलिज हुन लागेको चलचित्रमा विल्सन विक्रम राई, गौरव पहारी, अशिष्मा नकर्मी, रिस्ता बस्नेत, गम्भिर विष्ट र प्रदीप बास्तोलाको अभिनय रहेको छ । चलचित्रमा नायिका नम्रता श्रेष्ठ र नायक गजित विष्टको विशेष भूमिका रहेको छ ।Gaurav-rista-adhakatti
सञ्चारकर्मी सुवास ढकालको कथा, निर्देशक आचार्य र सञ्चारकर्मी विजय अधिकारी तथा जया शर्माको पटकथा संवाद रहेको चलचित्रमा रोशन श्रेष्ठको द्वन्द, राजन इशान र बसन्त सापकोटाको संगीत, कविराज गहतराज र गम्भिर विष्टको नृत्य छ । प्रदिप उदयले निर्माण गरेको चलचित्र आगामी फेब्रुअरीमा अस्ट्रेलियामा प्रिमियर गरिने भएको छ ।