अशिश्मा नकर्मीको फिगर कोकाकोला (भिडियो)


(सेलिब्रेटी नेपाल) काठमाडौँ
Ashishma-nakarmi]सञ्चारकर्मी सुब्रत आचार्यको डेब्यु निर्देशन रहेको चलचित्र ‘अधकट्टी’ को दोश्रो गीत सार्वजनिक भएको छ । अशिष्मा नकर्मी लाई मुख्य फोकस गरिएको डान्सिङ नम्बरमा नव नायक प्रदिप बास्तोलाले साथ दिएका छन् । बसन्त सापकोटाको संगीत रहेको गीतमा प्रल्हाद तिमल्सिना र जोनिषा पौडेलको स्वर रहेको छ । आगामी जेठ १४ गतेबाट अल नेपाल रिलिज हुन लागेको चलचित्रमा विल्सन विक्रम राई, गौरव पहारी, अशिष्मा नकर्मी, रिस्ता बस्नेत, गम्भिर विष्ट र प्रदीप बास्तोलाको अभिनय रहेको छ । चलचित्रमा नायिका नम्रता श्रेष्ठ र नायक गजित विष्टको विशेष भूमिका रहेको छ । सञ्चारकर्मी सुवास ढकालको कथा, निर्देशक आचार्य र सञ्चारकर्मी विजय अधिकारी तथा जया शर्माको पटकथा संवाद रहेको चलचित्रमा रोशन श्रेष्ठको द्वन्द, राजन इशान र बसन्त सापकोटाको संगीत, कविराज गहतराज र गम्भिर विष्टको नृत्य छ । प्रदिप उदयले निर्माण गरेको चलचित्र आगामी फेब्रुअरीमा अस्ट्रेलियामा प्रिमियर गरिने भएको छ ।