नायक बन्न हुनु पर्ने सबै गुण भएका रुप डेब्यु गर्दै

सेलिब्रेटी नेपाल
काठमाडौँ : नेपाली चलचित्र नगरीमा आफ्नो भबिस्य बनाउने उदेश्यले थुप्रै युवा युवती यस क्षेत्र प्रति आकर्षित हुने गर्दछन । बलिउडमा जस्तै अब नेपाली चलचित्रमा पनि भबिस्य देख्नेहरु निकै छन् । दर्जनौं सफल म्युजिक भिडियो र चलचित्र जोनी जेन्टल म्यान निर्देशन गरि सकेका निर्देशक नितिन चन्दले आफ्नो नयाँ चलचित्र ‘गीत गजल’ मार्फत रुप पोखरेललाइ डेब्यु गराउदैछन् । चलचित्रको छायांकन सकेर हाल पोस्ट प्रोडक्सनमा रहेको छ । चलचित्रको कुनै पनि प्रचार सामाग्री सार्बजनिक गरिएको छैन ।

केहि दिन अघि सुटिंगको फोटोहरु सार्बजनिक गरिएको थियो । सार्बजनिक फोटोबाट नै अभिनेता पोखरेलको चर्चा सुरु हुन थालेको छ । नेपाली चलचित्र बजारमा नायकको कमि पुरा गर्ने व्यक्तिको रुपमा उनलाई हेर्न थालिएको छ । उनी धेरै ब्युटी प्याजेन्टका बिजेता हुन् । पढाईको कारण उनले चलचित्रमा अलिक ढिलो नै प्रवेश गरेका हुन् । केहि बर्ष अघि देखि नै चलचित्रमा अफर आएपनी उनले काम गरेका थिएनन।

अध्यनको लागि अमेरिका जान लागेका उनि ‘गीतगजल’ को कथाले नेपाल नै रोकिएको बताउछन् । उनि चलचित्र ‘गीत गजल’ ले आफुलाई एउटा सफल कलाकारको रुपमा चिनाउने आशामा छन् । निर्देशक नितिन चन्द र चलचित्रका निर्माता आरोहन क्षेत्रिले उनलाइ प्रसिक्षणको लागि इन्डिया पठाएका थिए । उनले आफुमा पूर्ण सक्षम भए पश्चात चलचित्रको शिर्ष भूमिकामा काम गरेको बताए । रहरले मात्र यो क्षेत्रमा लागेर अघि बढ्न सकिन्न आफु खुबी भएमा केहि गर्न सकिन्छ भन्ने उनको सोच रहेको छ ।