एक्सन नै एक्सनले भरिएको चलचित्र एक्सन यस्तो छ ट्रेलर


सेलिब्रेटी नेपाल काठमाडौँ
एक्सन प्रदान चलचित्र एक्सन जेठ १४ गते बाट सार्बजनिक प्रदर्शनमा आउने भएको छ चलचित्र युनिटले राजधानीमा एक औपचारिक कार्यक्रमको आयोजना गर्दै चलचित्रको प्रदर्शन मिति र ट्रेलर सार्बजनिक गरेको हो । एक्सन किङ्ग भनेर चिनिने नायक शिव श्रेष्ठ,प्रमोद दिप,नायिका जेनिशा के.सी.,कसम गुरुङ,दिनेश घिमिरे,राज थपलिया,रक्षा गुरागाईं बिशाल पहाडीको मुख्य भूमिका रहेको चलचित्र लाइ राजु अर्यालले लेखन तथा निर्देशन गरेका हुन् ।
action movie
शर्मिला तामाङ र दिपेन्द्र कोइरालाको लगानी रहेको चलचित्रमा प्रल्हाद बोगटीको संगीत,कुमार महर्जनको द्वन्द,गोबिन्द प्रभात र राम प्यासीको नृत्य रहेको छ चलचित्र लाइ किरण राज थापाले सम्पादन गरेका हुन् ।