आशिरमान र शिल्पाको रोमान्टिक अवतार ‘दि ब्रेकअप’ को दोश्रो गीत सार्बजनिक (भिडियो)


सेलिब्रेटी नेपाल

काठमाडौँ :चलचित्र ‘दि ब्रेकअप’ को दोश्रो गीत सार्बजनिक गरिएको छ । यसअघि सार्बजनिक ‘आज हाम्रो भेट भाको दिन’ लाइ दर्शक श्रोताको राम्रो प्रतिक्रिया मिलि रहेको छ । दोश्रो सार्बजनिक ‘हरपल’ बोलको रोमान्टिम गीतमा चलचित्रका मुख्य कलाकार आशिरमान देशराज जोशी र शिल्पा मास्के फिचर छन् ।

अष्ट्रेलियामा खिचिएको उक्त गीतमा शिल्पा र आशिरलाई बोल्ड देखाइएको छ । गीतका शब्द प्रकाश मल्लले लेखेका हुन् भने स्वर र संगीत विराज गौतमको छ । हेमराज बिसीको निर्देशन रहेको चलचित्रमा इच्छा कार्की, सरोज खनाल, रेमनदास श्रेष्ठको पनि मुख्य भूमिका रहेको छ । निर्देशक बिसी सँगै रुपक थापा, दीपक खतिवडा र रेणु राणाले चलचित्रलाई निर्माण गरेका हुन् । सुरेन्द्र पौडेलको सम्पादन रहेको चलचित्रको छायाँकन नरेन्द्र मैनालीले गरेका छन् । चलचित्र पौष २७ गतेबाट सार्बजनिक प्रदर्शनमा आउनेछ ।