आशिरमान र शिल्पाको ‘ब्रेकअप’ ट्रेलर सार्बजनिक (भिडियो)


सेलिब्रेटी नेपाल

काठमाडौँ : हेमराज बिसीको निर्माण तथा निर्देशनमा बनेको चलचित्र ‘दि ब्रेकअप’को ट्रेलर सार्बजनिक गरिएको छ । चलचित्र टिमले राजधानीमा सोमबार एक कार्यक्रम आयोजना गर्दै ट्रेलर सार्बजनिक गरेको हो ।

नेपाल र अष्ट्रेलियामा छायाँकन गरिएको चलचित्रको ट्रेलरमा प्रेम, रोमान्स र बिछोडका पलहरु जोडिएका छन् । आशिरमान देशराज जोशी र शिल्पा मास्केलाई फिचर गरिएको ट्रेलरमा रेमनदास श्रेष्ठ पनि जोडिएका छन् । रेनु राणा, रुपक थापा, दीपक खतिवडाले निर्माण गरेको चलचित्रमा इच्छा कार्की, सरोज खनाल पनि मुख्य भूमिकामा रहेका छन् । नरेन्द्र मैनालीको छायांकन गरेको चलचित्रलाइ सुरेन्द्र पौडेलले सम्पादन गरेका छन् । चलचित्र फागुन १७ गते बाट सार्बजनिक प्रदर्शनमा आउने तयारीमा रहेको छ ।