आर्यनको पुनर्जन्म के होला त ?


(सेलिब्रेटि नेपाल) काठमाडौँ
पछिल्लो समय अभिनेता आर्यन सिग्देल चलचित्र ’होमवर्क’ को छायांकनमा व्यस्त छन् । यसमा देखिएको आर्यनको नयाँ गेटअपको सर्वत्र चर्चा भैरहेको छ । उनि अन्य भन्दा यसमा फरक देखिएकोले पनि चर्चा भएको हो । यो चर्चाकै अवस्थामा उनि अभिनित चलचित्र ‘पुनर्जन्म’ को तस्वीर सार्वजनिक भएको छ । जहाँ आर्यनले कपाल र दाह्री काटेका छन् ।
Aaryan-Sigdel
सत्य घटनामा आधारित भनिएको चलचित्र ‘पुर्नजन्म’ ले मनोरञ्जनसंगै अहिलेको पुस्तालाई नेपाली राजनैतिक इतिहासको प्रसंग र पुराना संस्कृतिको बारेमा समेत जानकारी गराउने निर्माण पक्षले जनाएको छ । चलचित्रमा मोहन कृष्ण श्रेष्ठसंगै भद्र बहादुर शाहीको पनि लगानी रहेको छ । एम.के. इन्टरटेनमेन्ट प्रा.लि.को व्यानरमा निर्मित यस चलचित्रलाइ निर्देशनसंगै सम्पादन पनि स्वयम् निर्देशक सजन श्रेष्ठले नै गरेका छन् ।

आर्यन सिग्देल , केकी अधिकारी , गजित बिष्ट , सुस्मिता शाही , मिथिला शर्मा , विजय लामा , लक्ष्मी गिरि , रश्मी भट्ट , देशभक्त खनाल , रुश्मा श्रेष्ठ लगायतको अभिनय रहेको यस चलचित्रलाई सुदर्शन श्रेष्ठले लेखेका हुन् । शिव ढकाल र नवरा कृष्ण थापाले संयुक्त रुपमा खिचेको चलचित्रमा द्वन्द अष्ट महर्जनको रहेको छ भने यसलाई रोहित/रत्नले वितरण गर्नेछन ।