फागुन १५ मा आर्यनको पुनर्जन्म (भिडियो)


(सेलिब्रेटी नेपाल) काठमाडौँ
निर्माता मोहन कृष्ण श्रेष्ठको छैठौ चलचित्र ‘पुनर्जन्म’को फष्टलुक पोस्टर, ट्रेलर र गीत सार्वजनिक भएको छ। राजधानीमा आयोजित पत्रकार सम्मेलनमा कालिका ग्रुपका अध्यक्ष तथा सभासद विक्रम पाण्डे र चलचित्र पत्रकार संघका अध्यक्ष शान्तिप्रियले फष्टलुकको संयुक्त रुपमा सार्वजनिक गरेका हुन्।
Punarjanma-poster
चलचित्रमा अहिलेका ब्यस्त नायक आर्यन सिग्देल पहिलोपटक सिपाहीको भूमिकामा देखिएका छन् कार्यक्रममा अभिनेता आर्यनले चलचित्रमा आफुले सिपाहीको भूमिकामा अभिनय गरे पनि चलचित्र पछिल्लो पुस्ताका लागि पनि इतिहास बन्ने दाबी गरे।
चलचित्रका निर्देशक तथा सम्पादक सजन श्रेष्ठ(सत्य)ले चलचित्रले द्वन्द्वबारे जानकार नभएका पुस्तालाई द्वन्द्वको जानकारी दिने बताए। कार्यक्रममा संगीतकार बसन्त सापकोटाले चलचित्रको गीत सार्वजनिक गरेका थिए।

चलचित्र ‘पुनर्जन्म’आगामी फागुन १५ गतेबाट अल नेपाल रिलिज हुने भएको कुरा पनि सोहि कार्यक्रममा जानकारी गराइयो भद्रबहादुर शाही समेत निर्माता रहेको चलचित्रमा आर्यन सिग्देल, सुष्मिता शाही, गजित विष्ट, केकी अधिकारी, विजय लामा, मिथिला शर्मा, लक्ष्मी गिरी, रश्मी भट्ट, देशभक्त खनाल र रुष्मा श्रेष्ठ लगायतको अभिनय रहेको छ। चलचित्रमा बसन्त सापकोटा र जयन्त शर्माको संगीत, कविराज गहतराजको नृत्य, अष्ट महर्जनको द्वन्द्व, मिलन अमात्य, प्रल्हाद तिमिल्सिना, अञ्जु पन्त र जितु श्रेष्ठको स्वर र शिव ढकाल तथा नवराज कृष्ण थापाको छायांकन रहेको छ।