चलचित्र ‘आरुसी’ निर्माण हुने, उदयको निर्देशनमा इशकको डेव्यु


सेलिब्रेटी नेपाल

काठमाडौँ : चलचित्र ‘आरुसी’ निर्माण हुने भएको छ । गणपति फिल्मस्का लागि उदय सुब्बाको निर्देशनमा निर्माण हुन लागेको चलचित्र यहि मंसिर १५ गतेबाट फ्लोर जादैछ । त्रिकोणात्मक प्रेमकथामा आधारित भनिएको यस चलचित्रमा इशक राईले हिरोको रुपमा डेव्यु गर्दैछन् । साहारा प्रधान, बिरु गुरुङ र केशव कुमार श्रेष्ठको संयुक्त लगानीमा यो चलचित्र निर्माण हुन लागेको हो ।

चलचित्रको सम्पूर्ण छायांकन ४० दिनमा सक्ने गरी टिम मोफसल निस्कन लागेको निर्देशक उदय सुब्बाले जानकारी दिए । चलचित्रको झापा, इलाम, तिर्थुङ, ताप्लेजुङ र सङ्खुवासभा लगायतका स्थानमा छायांकन गरिनेछ । चलचित्रको शीर्ष रोलमा नयाँ अनुहारलाई राखिने भएको छ ।

चलचित्रमा इशक राई, रमा लिम्बु, सुनिल थापा, सुरविर पण्डित, कला राई, दमन रुपाखेती, बिरु गुरुङ, भूपेन्द्र लिङ्देन लगायतका कलाकारको अभिनय रहनेछ । मौनता श्रेष्ठको पटकथा तथा संवाद रहने यस चलचित्रलाई विक्रम डिसीले खिच्नेछन् । बिरु गुरुङको कथा, तारा थापा किम्भेको सम्पादन, राजु किरातीको द्धन्द तथा विकास चौधरी र तारा प्रकाश लिम्बुको संगीत चलचित्रमा रहनेछ । कमल राई र दिनेश पाख्रिनको नृत्य निर्देशन रहने छ । आगामी नयाँ वर्षमा चलचित्र प्रदर्शनमा ल्याउने निर्माण टिमको योजना रहेको छ ।