मायाको न्यानो आभास (भिडियो)


(सेलिब्रेटि नेपाल) काठमाडौँ
क्रिएटिभ फिल्म र ग्लासी पिक्चर्सको ब्यानरमा निर्माण भएको ‘आभास’ यूवा पुस्तालाई लछित पारेर तयार पारिएको चलचित्र हो । चलचित्र ‘आभास’ले मण्डला थिएटरमा प्रेस मिटको आयोजना गरेर चलचित्रको बारेमा जानकारी दिएको छ । सम्पादक बाट निर्देशक बनेका सुरेन्द्र पौडेलले निर्देशन गरेको चलचित्र ‘आभास’अहिलेका नयाँ पुस्ताको कथा हो । आज आयोजना गरिएको औपचारिक कार्यक्रममा चलचित्रका मुख्य पात्र सलोन बस्नेत,आस्मा डी.सी..सुनिल रावल,निर्देशक सुरेन्द्र पौडेल,निर्माता तथा वितरक गोविन्द शाही,ड्रेस डिजाइनर निलिमा शर्मा,चलचित्रका लेखक हेमराज बि. सी.लगाएतको उपस्थिति रहेको थियो भने मुख्य २ कलाकार संयम पुरी र निशा अधिकारी अनुपस्थित रहे । कार्यक्रममा चलचित्रको गीत तथा नयाँ ट्रेलर सार्बजनिक गरियो ।
Aavash-poster
पौष २५ गते बाट अलनेपाल प्रदर्शनमा आउँन लागेको चलचित्र आभाषमा सयंम पुरी, प्रकृति श्रेष्ठ, आष्मा डिसी, सलोन बस्नेत, निशा अधिकारी,सुनिल रावल लगाएत कलाकारहरु मूख्य भूमिका रहेका छन् । गोविन्द शाही, पवन श्रेष्ठ र दीपक शाहीले निर्माणमा तयार भएको चलचित्रमा गम्भीर बिष्टको कोरियोग्राफी, सुजेन्द्र डी कार्की, छेतेन गुरुङ, प्रकाश नेपालीको संगीत रहेको छ भने पुरुसोत्तम प्रधानले चलचित्र लाइ छायांकन गरेका हुन् ।