ए मेरो हजुर-२ तेश्रो गीत उकालीमा सार्बजनिक (भिडियो)


सेलिब्रेटी नेपाल काठमाडौँ
भदौ १६ गतेबाट अलनेपाल रिलिज हुने तयारीमा रहेको चलचित्र ‘ए मेरो हजुर-२’ को अर्को गीत सार्वजनिक गरिएको छ । झरना थापा निर्देशित चलचित्रको उकालीमा बोलको गीत बिहिवार राजधानीमा एक औपचारिक कार्यक्रमका बीच सार्वजनिक गरिएको हो ।

गीतमा नायिका साम्राज्ञी राज्यलक्ष्मी शाह, नायक सलिनमान बनिया, कलाकार सलोन बस्नेत लगाएतको नृत्य रहेको छ । कविराज गहतराजको कोरियोग्राफी रहेको गीतमा बसन्त सापकोटाको शब्द, संगीत तथा राजेश पायल राई र इन्दिरा जोशीको स्वर रहेको छ । चलचित्रमा साम्राज्ञीराज्य लक्ष्मी शाह, सलिनमान बानिया, सलोन बस्नेत, अम्बर सुवेदी, अनुभव रेग्मी, बुद्धि तामाङ, वील्सन बिक्रम राई लगायतका कलाकारले अभिनय गरेका छन् ।

सुहाना इन्टरटेनमेन्टको ब्यानरमा सुनीलकुमार थापाले निर्माण गरेको चलचित्रको कथा हरिहर अधिकारीले लेखेका हुन् भने पटकथा सामिप्यराज तिमल्सेनाले लेखेका हुन् । बसन्त सापकोटा र कल्याण सिंहको संगीत, बनिश शाहको सम्पादन रहेको चलचित्रका छायाँकार सञ्जय लामा हुन् ।