‘कपुरी क’ हेर्न अभिभाबक चाहिने


सेलिब्रेटी नेपाल
काठमाडौँ : गुञ्जन एण्ड कुसुम फिल्मस र बिजी बि इन्टरटेनमेन्टको संयुक्त ब्यानरमा निर्माण भएको चलचित्र ‘कपुरी क’ सेन्सर पास भएको छ । चलचित्रले सेन्सर वोर्डबाट ‘पिजी’ अर्थात् १६ वर्ष मुनिका दर्शकले अभिभावकको साथमा हेर्नु पर्ने प्रमाण पत्र पाएको छ ।

चलचित्रमा प्रकाश तिवारी, सिजल उप्रेती, बसन्ती भाट, चेतबहादुर सिंह ‘राजा’, सद्दाम हुसेन, सोनु राई, रिवाज बिसुराल, बुद्धिसागर खनाल, सोनिका बास्तोला, राजेश बिसुराल, सबिन बास्तोला लगायतको अभिनय रहेको छ । पुर्ण मनोरन्जनात्मक कथामा बनेको चलचित्रलाइ निर्देशन सबिन बास्तोलाले गरेका हुन् । चलचित्रमा खेम थापा मगरको छायांकन, एकनारायण भण्डारीको संगीत, सन्तकुमार थापा मगरको कोरियोग्राफी रहेको छ ।