राजा बिरेन्द्रको सम्झनामा आयो यस्तो भिडियो


सेलिब्रेटी नेपाल काठमाडौँ
king-birendra
स्व. राजा बिरेन्द्रको सम्झनामा गीत तयार भएको छ । हालै सार्वजनिक गीतमा २०५८ साल जेठ १९ गते भएको राजपरिवार हत्याकाण्डमा मारिएका, सम्पूर्ण जनतामा प्रिय राजा स्वर्गीय बिरेन्द्र बिर बिक्रम शाहको सम्झनामा नितिन गजुरेल, अनिल उप्रेती, रोबिना रायमाझी र मंजिला शर्माको स्वर रहेको छ । राजा बिरेन्द्रले गर्नुभएको जनताप्रतिको योगदानको कदर गर्दै भावपूर्ण श्रद्धान्जली स्वरूप उक्त गीतमा शब्द मंजिला शर्माको रहेको छ । रेडियो नेपालको स्टुडियोमा रेकर्डिङ्ग गरिएको उक्त गीतमा संगीत भुपेन्द्र रायमाझीको रहेको छ । पि. एन. पि. मिडिया प्रा. लि.को निर्माणमा तयार गीतमा सुमित नेपालीको छायांकन, दिपक बिष्टको सम्पादन र रायन कार्कीको निर्देशन रहेको छ । राजा बिरेन्द्रको परिवारको हत्या भएको १५ वर्ष पुरा भएको छ तर पनि उक्त हत्याकाण्ड रहस्यमा नै रही आएको छ ।