वर्षालाइ किन मिठो लाग्न थाल्यो माया (भिडियो)


(सेलिब्रेटी नेपाल) काठमाडौँ
किन यति मिठो लाग्न थाल्यो माया बोलको गीतको म्युजिक भिडियो सार्बजनिक भएको छ । गायक नकुल कार्की र गायिका पुष्पा गुरुङको आवाजमा रहेको यस गीतको शब्द मनोज केसी र नकुल कार्कीको रहेको छ भने संगीत नकुल कार्कीले नै दिएका छन् ।भिडियोलाई बुद्ध थापाले छायांकन गरेका हुन् भने टेकेन्द्र शाहले सम्पादन गरेका हुन् ।
Barsha-siwakoti-actor
करिब १ दर्जन भन्दा बढी भिडियोको निर्देशन गरि सकेका निर्देशक सत्यराज चौलागाईले निर्देशन गरेको म्युजिक भिडियोमा चर्चित मोडल वर्षा शिवाकोटी र संजय थापाको अभिनय रहेको छ । यो भिडियो नुवाकोट स्थित ककनीको रमणीय स्थानमा छायांकन गरिएको हो ।